ठ‍ोस खवर / पठन संस्कृतिकाे बिकास सँगै सुसंस्कृत युवा नेतृत्व भन्ने मुल नाराका साथ स्थापना भएको डाईनामिक पब्लिक लाईबेरी (डिपिएल) कन्काईकाे तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई माविको सभाहलमा बुधबार भएको पद हस्तान्तरण संगै बर्ष २०२४ को डि. पि एल कन्काईको अध्यक्ष पदको जिम्मेवारी विशाल कडेलले सम्हालेका छन । तेस्तै वरिष्ठ उपाध्यक्षमा सारिका गिरी , महासचिव जेनिस चम्लागाई , उपाध्यक्षहरु सविन खरेल र प्रतीक्षा दुङ्गेल , काेषाध्यक्ष तारा उप्रेती , निर्देशकहरु प्रतापबाबु जमरकट्टेल , श्रीजन श्रेष्ठ , अभिषेक मिश्र र मदन उप्रेतीले अाअाफ्नो पद ग्रहण गरेका छन् । बाँकी रहेका अन्य केही पदमा पहिलाे बाेर्ड बैठकबाट मनाेनित गरिने नवनिर्वाचित महासचिव चम्लागाईले जानकारी दिएका छन ।

डि. पि. एल कन्काईका निवर्तमान अध्यक्ष काेमल न्याैपानेकाे अध्यक्षता , कन्काई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीकाे प्रमुख आतिथ्य , डि. पि . एल अभिभावक बोर्डका महासचिव देवेन्द्र प्रसाईं , डि. पि . एल राष्ट्रिय बोर्डका वरिष्ठ उपाध्यक्ष अनु भण्डारीको विशिष्ट अतिथ्य साथै डि. पि . एल राष्ट्रिय बोर्डका महासचिव महेश भण्डारी , डि. पि . एल राष्ट्रिय बोर्डका उपाध्यक्ष दिवस खतिवडा साथै डि. पि . एल राष्ट्रिय बोर्डका उपाध्यक्ष तथा पुर्व क्षेत्रका निर्वाचन आयुक्त श्रेयाश्री थापा ,डि. पि . एल दमक टिन्स बोर्डका अध्यक्ष शुभम सिग्देल , सुरुङ्गा जेसिसका अध्यक्ष राजु पाठक लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा कन्काई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी तथा डि. पि . एल राष्ट्रिय बोर्डका वरिष्ठ उपाध्यक्ष अनु भण्डारीले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुका साथै शुभकामना मन्तव्य राखेका थिए ।

सस्थांपक अध्यक्ष मदन प्रसाईंले उद्देश्य तथा लक्ष माथि प्रकाश परेको कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष विशाल कडेलले राखेका थिए भने निवर्तमान अध्यक्ष न्याैपानेले नयाँ पदाधिकारीलाई बधाई तथा निवर्तमान बोर्डलाई धन्यवाद ज्ञापन गरेका थिए । पहिलो चरणको कार्यक्रमकाे सचांलन वर्ष २०२३ का महासचिव श्रीजन श्रेष्ठले गरेका थिए भने पदभार ग्रहण पछि को कार्यक्रम संचालन २०२४ का महासचिव जेनिस चम्लागाईले गरेका थिए ।