पत्रकार महासंघको नेतृत्व चयन प्रति प्रेस सेन्टरको चासो , सहमतीबाट अघि बड्ने , आवश्यक परे निर्वाचनमै जाने
बिर्तामोड , १४ चैत / नेपाल पत्रकार महासंघ झापाको अागामी नेतृत्व चयनका लागि चासो राख्दै प्रेस सेन्टर नेपाल झापाले निर्वाचन लक्षित बैठक बुधबार सम्पन्न गरेको छ ।
महासंघको नयाँ नेतृत्व चयनका लागि सहमतीय प्रक्रियाबाट अघि बड्ने र आवश्यक परे निर्वाचनमै जाने बुधबार बिर्तामोडमा सम्पन्न भेलाबाट निर्णयसमेत पारीत गरेको छ ।
बैठकले निर्वाचनलाई मर्यादित र ब्यवस्थित बनाउन ४ वटा उपसमिति समेत गठन गरेको छ । बैठकले सेन्टरका झापा अध्यक्ष राजु पाठक संयोजक तथा पुष्प खड्का, झुलन रेग्मी सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन परिचालन तथा वार्ता समिति गठन गरेको छ ।
त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्व तथा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहने गरी अनुगमन उपसमिति एबम् प्रकाश उप्रेती संयोजक रहने गरी २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको प्रेस सेन्टर नेपाल झापाका सचिव पुष्प खड्काले जानकारी दिए ।
बैठक प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापाली, प्रदेश सदस्य डिकेश लामाको आतिथ्यमा सम्पन्न भएको थियो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न बैंठकको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।