ठोस खबर / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित युनिक बहुमुखी क्याम्पसले विद्यार्थीलाई सम्मान , स्वागत , विदाई साथै सांस्कृतिक कार्यक्रम गरेको छ ।

क्यापसले शनिबार सुरुङ्गा जेसिजको सभाहलमा एक कार्यक्रम गरी विभिन्न क्षेत्रमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गर्दै क्याम्पसमा २०८० मा बिबिएस प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीलाई स्वागत र २०७६ देखि २०८० सम्म क्याम्पसमा अध्ययन गरेका बिद्यार्थीलाई विदाई गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत गरेको छ ।

क्याम्पसले २०७८ मा बिबिएस प्रथम बर्षमा समान ६५ प्रतिशत अंक ल्याउने विद्यार्थी द्वय बिवेक नेपाली र तारा किरण बाह्रकोटी , २०७८ मा बिबिएस दोस्रो बर्षमा ७० प्रतिशत अंक ल्याउने विद्यार्थी बिवेक अधिकारी र २०७८ मा बिबिएस तेस्रो बर्षमा उत्कृष्ट अंक साथै २०७५ देखि २०७९ को समुहबाट समग्रमा ७०.७५ प्रतिशत अंक ल्याउदै उत्कृष्ट वन्न सफल बिद्यार्थी संगम सुवेदीलाई कार्यक्रममा सम्मान गरिएको थियोे । सम्मानित बिद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि एक्सल डेप्लभमेन्ट बैंक बिर्तामोडका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेल , कार्यक्रमका अध्यक्ष तिर्थराज खरेल , क्याम्पस प्रमुख दिपक भट्टराई कार्यक्रम संयोजक रमेश कुमार दाहाल लगायतले खादामाला र सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो ।

त्यसै गरी कार्यक्रममा क्याम्पसले अतिरिक्त कृयाकलाप अन्तरगत अायोजना गरेको अन्तर तहको भलिवल प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने बिबिएस दोस्रो बर्षको समूह , महिला तर्फ प्रथम हुने बिबिएस दोस्रो बर्षको समूह साथै दोस्रो स्थान हासिल गर्ने बिबिएस प्रथम बर्षको पुरुष र महिला दुबै समुहलाई क्याम्पसले सम्मान गरेको थियोे ।

क्याम्पसले विद्यार्थीलाई सम्मान , स्वागत साथै विदाई गर्न अायोजना गरेको कार्यक्रममा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे । बिद्यार्थी अनुस्का लामिछानेले अभिनय प्रस्तुत गर्नुभएको कार्यक्रममा ताराकिरण बाह्रकोटीले हास्यब्ङ्ग प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा बिद्यार्थीले गित , कविता र नृत्य समेत प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एक्सल डेप्लभमेन्ट बैंक बिर्तामोडका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेल , बिशिस्ट अतिथिहरु कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद सुब्बा , कनकाई माध्यमिक बिद्यालयका प्रअ कर्णबहादुर डाँगी , क्याम्पसका सल्लाहकार अोमदेव शाही लगायतले युनिक क्याम्पस साच्चिकै नाम जस्तै युनियन रहेको वताउदै यस क्याम्पसबाट उत्पादित बिद्यार्थीले भविस्यमा केहिन केही युनिक काम गरेर देखाउनेमा विश्वस्त रहेको वताउनु भयो ।

त्यसैगरी क्याम्पसमा नयाँ भर्ना भएका बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै बिबिएस प्रथम वर्षमा अध्ययनरत बिद्यार्थी अानन्दी खतिवडाले क्याम्पस प्रवेश गर्दै गर्दाको अनुभव प्रस्तुत गर्नुभएको थियोे भने विदाई भएर जादै गर्दा क्याम्पसमा अध्ययन गर्दाको अाफ्नो अनुभव चानक भण्डारीले सबैमाझ साट्नु भएको थियोे ।

क्याम्पसका संचालक समिति अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष तिर्थाराज खरेलले २०७३ सालमा २९ जना बिद्यार्थीबाट सुरु भएको क्याम्पसमा क्याम्पस परिवारको लगनशिलता , अभिभावकको विश्वास र सहयोगका कारण अाज क्याम्पस ३०० भन्दा बढि विद्यार्थीको रोजाईको लायक बनेको र अागामी दिनमा यसलाई थप परिस्कृत गर्दै जाने वताउनु भयो ।

क्याम्पसको गतिविधि प्रस्तुत गर्दै कार्यक्रमको अौचित्य माथि प्रकाश क्याम्पस प्रमुख दिपक भट्टराईले पार्नु भएको थियोे भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत कार्यक्रम संयोजक तथा क्याम्पसका लेखा समिति संयोजक रमेशकुमार दाहालले गर्नुभएको थियो । दुई सत्रमा गरिएको कार्यक्रमको पहिलो सत्रको संचालन साहायक प्राध्यापक गुरुप्रसाद पौडेलले गर्नुभएको थियोे भने सांगीतिक कार्यक्रमको सन्चालन बिद्यार्थी द्वय विवेक नेपाली र कोपिला भट्टराईले गर्नुभएको थियोे ।