भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठान झापाद्वारा प्रकाशित भानुभक्ति स्मृतिग्रन्थ विमोचन

ठोस खबर / स्वर्गीय भानुभक्त तिमिल्सिना र भक्तिप्रिया तिम्सिनाको स्मृतिमा तयार पारिएको भानुभक्ति स्मृतिग्रन्थ शनिबार एक विशेष समारोहका वीच विमोचन गरिएको छ ।
भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठान झापाद्वारा प्रकाशित उक्त स्मृति ग्रन्थको विर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईं भवनको सभाकक्षमा तिम्सिना समाज झापाका अध्यक्ष दाताराम तिम्सिनाको सभापतित्व र व्यासाचार्य दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, प्राध्यापक वासुदेव खनाल, समालोचक डा.पुण्यप्रसाद सिग्देल र समीक्षक भीम दाहालले संयुक्त विमोचन गरेका थिए ।

पुत्र देवीप्रसाद तिम्सिनाको विशेष पहलमा आफ्ना स्वर्गवासी पितामाता १९८१ मा जन्मिएर २०३१ मंसिरमा देहावसान भएका पिता भानुभक्त तिम्सिना र १९८१ मा जन्मिएर २०६९ मा देहावसान भएकी भक्तिमाया पोखरेल तिम्सिनाको नाममा प्रतिष्ठान स्थापना गरी स्मृतिग्रन्थ प्रकाशित गरेकोमा सबैले देवीप्रसादको प्रशंसा गरेका थिए ।
भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद तिम्सिनाले कार्यक्रम उपस्थिति सबैलाई स्वागत गर्दै सन्ततिलाई पनि अाफ्ना पुर्वज हरुले केहि गरेका रहेछन भन्ने उत्साह उमङ्ग जागोस , बन्धुहरुमा पनि अाफ्नो ईतिहास राख्नुपर्छ भन्ने धारणा रहोस भन्ने उदेश्यले स्मृति ग्रन्थ प्रकाशन गरिएको वताए ।

स्मृति ग्रन्थ प्रकाशनमा बिशेश भुमीका रहेका डा. पुण्य प्रसाद सिग्देलले कार्यक्रमको अौचित्य माथी प्रकाश पार्दै यस्ता स्मृति ग्रन्थले तत्कालीन अवस्थाको चित्रण गर्ने र पुस्तान्तरण हुदै ईतिहासका सबै स्थितिलाई बोध गराउने बताए ।
स्मृति ग्रन्थको समिक्षा गर्दै समीक्षक भीम दाहालले कृति साहित्यिक हिसाबले मात्र नभएर ऐतिहासिकता, संस्कृतिको संरक्षण, मातापिताको सेवाभाव र निस्वार्थताको चित्रणको दृष्टिबाट सफल रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि व्यासाचार्य दुर्गाप्रसाद खतिवडा , अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल , प्राध्यापक वासुदेव खनाल लगायतले मन्तव्य राख्दै मातापिता ईश्वरभन्दा पनि माथि रहने हुदाँ मातापितालाई ईश्वरसँग तुलना गर्न नमिल्ने कुरामा जोड दीएका थिए । वक्ताहरुले अाफैपनि पुत्रवियोगमा रहेकोवेला अाफ्ना मातापिताको स्मृतिमा पुस्तक प्रकाशन गर्ने अठोट लिई भविस्यका सन्ततिलाई इतिहासको खोज अनुसन्धानमा समेत टेवा पुग्ने गरी स्मृति लेखन तथा संकलन गरी प्रकाशन गरेकोमा देवी प्रसाद तिम्सिनाको मुक्त कण्ठले प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानका संरक्षक रुपादेवी खनाल, स्वर्गीय भानुभक्त तिम्सिना र भक्तिमाया तिम्सिनाका नातिनी बुहारी रीता पौडेल (तिम्सिना) लाई विशेष सम्मान गर्नुका साथै स्मृति ग्रन्थका लेखकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तिम्सिना समाज कोषी प्रदेशका सचिव निरज तिम्सिना , शिक्षासेवी डम्बरप्रसाद फुयाँल , कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडा, कन्काई मावि सुरुङ्गाका पूर्व प्रधानाध्यापक गोपीकृष्ण भट्टराई , सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिना, गितकार टिका भट्टराई नेपाल , चन्द्र सुवेदी , हरिहर भट्टराई , ज्ञानु सुवेदी , नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतको आतिथ्य रहेको थियो ।
हरिहर अाश्रम पाठशालाका बटुकहरुले स्वस्ती वाचन गरेर सुरु गरिएको कार्यक्रममा साहित्यकार, शिक्षक, प्राध्यापक, पत्रकार, साहित्यानुरागी तथा तिम्सिना समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको भियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
