सुरुङ्गामा कनकाईकप सुरु , उद्घाटन खेलमा गौरिगञ्ज बिजयी

सुरुङ्गा , २५ माघ / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा आजदेखि सातौ कनकाई कप अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
झापा क्षेत्र नम्बर ४ ख का प्रदेश सांसद तथा पुर्व कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले आजै कनकाई माविको खेल मैदानमा उक्त प्रतियोगिताको उदघाटन गरे । सिटौलाले खेलको माध्यमबाट देश विकास र आपसी भाइचारको विकास हुने भन्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैव लागिपर्ने प्रतिवद्धता जनाए ।

आजै भएको कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका विचको उदघाटन खेलमा ४- २ गोल अन्तरले कमल गाउपालिकालाई पाखा लगाउदै गौरीगञ्ज गाउपालिका बिजयी बनेको छ ।
गौरिगञ्जको जितका लागी खेलको दोस्रो मिनटमै जर्सी नं. १० का खेलाडी निशान्त राजवंशीले गोल गर्दै टिमलाई अगाडी बढाएका थिए । पहिलो हाफको २०अौ मिनटमा पुन गौरिगञ्जकै जर्सी नं. ७ का खेलाडी सनम मादेनले गोल गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफ खेलको ३८अौ मिनटमा कमलका जर्सि नं. १४ का खेलाडीले पहिलो गोल फर्काएर २-१ को गोल अन्तर बनाउदै गोरिगञ्जलाई दवाब सिर्जना गरेका थिए भने खेलको ५४ अौ मिनटमा गौरिगञ्जका जर्सि नं. १४ का खेलाडी सुजन लिम्बुले गोल गर्दै गौरिगञ्जका लागी ३-१ गोलको अग्रता बनाएका थिए । खेलको ६१ अौ मिनटमा कमलका जर्सि नं. १८ का खेलाडी महेश्वर राईले गोल गर्दै पुन: गौरिगञ्ज माथि दवाब सिर्जना गरेका थिए । खेलको ७० अौ मिनटमा पुनः गौरिगञ्जका जर्सि नं. १४ का खेलाडी सुजन लिम्बुले गोल गर्दै गौरिगञ्जका लागी ४-२ गोलको अग्रता बनाएका थिए ।
खेल अबधिभर दुबै तर्फ बाट थप गोल हुन नसके पछि गौरीगञ्ज ४- २ गोल अन्तरले बिजयी बनेको हो ।
खेलको म्यानअफ दी म्याच बिजेता टिमका २ गोल कर्ता जर्सि नं. १४ का खेलाडी सुजन लिम्बु घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याचको नगद राशी खेल प्रेमी समाजिक ब्यक्तित्व रमेश चन्द्रबाबु मैनालिले प्रदान गरेका थिए ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहेको छ ।
उदघाटन खेलमा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, ३ नम्बरका वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , सामाजिक एवं शैक्षिक ब्यक्तित्व , खेलप्रेमी साथै सहयोगी दाता लगायातको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताए । खेलको औचित्यमाथि प्रकाश आयोजक समितिका अध्यक्ष छवि थपलियाले पारेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत खेल संयोजक भुवन खतिवडाले गरेका थिए ।