कनकाईका अभिभावक द्वारा शिक्षक र बिद्यार्थी सम्मानित

ठोस खबर , ६ फागुन / झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविका शिक्षक साथै बिद्यार्थीहरुलाई अभिभावकहरुले सम्मान गर्नुभएको छ ।
शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष रमेश सेर्पाको जन्मदिनको अवसरमा बिद्यालयका अभिभावकहरुको समुहले मंगलबार बिद्यालयमा आयोजित अभिभावक भेला कर्यक्रमका विच दुई शिक्षक र दुई बिद्यार्थीलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुने शिक्षकहरुमा प्राथमिक तहका शिक्षक द्वय शीतल रेग्मी र उर्मिला कोइराला रहनु भएको छ भने बिद्यार्थीहरुमा प्राथमिक तहका बिद्यार्थी लाजमा चौधरी र रियान ढकाल रहनु भएको छ । उहाँहरुलाई नगद सहित सम्मान पत्र बाट सम्मान गरिएको थियोे ।

अभियानकै रुपमा बिद्यालयका अभिभावकहरुले समुह बनाएर आआफ्नो जन्मदिनको अवसरमा बिद्यालयमा केहि नयाँ गर्ने लक्ष्य अनुरुप असल शिक्षक र असल बिद्यार्थीलाई सम्मान गर्नु भएको हो । यस अघि यस्तो अभ्यास कतै नसुनिएको हुदा सम्भवत अभिभावकहरुले समुहनै बनाएर शिक्षक बिद्यार्थीलाई सम्मान गर्ने यो अभ्यास देशमै पहिलो अभ्यास समेत रहेको आकलन गर्न सकिन्छ ।
बिद्यालयकको प्राथमिक तहको पठनपाठनलाई थप गुणस्तरीय बनाउने लक्ष अनुरुप प्रभावकारी रुपमा समाविष्ट भई मेहनतका साथ आफ्नो जिम्मेवारी पुरा गर्दै आएको कर्मको कदर गर्दै शिक्षक द्वय शीतल रेग्मी र उर्मिला कोइरालालाई सम्मान गरिएको र प्राथमिक तहका असल र मिहिनेती बिद्यार्थी द्वय लाजमा चौधरी र रियान ढकाललाई सम्मान गरिएको पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष रमेश शेर्पाले वताउनु भयो । यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दीदै जाने पुर्व अध्यक्ष सेर्पाले प्रतिबद्धता जानउनु भयो ।
सेर्पाको जन्मदिन फागुन ७ गते भएपनि ७ गते प्रजातन्त्र दिवसको विदा हुने भएकोले ६ गतेनै कार्यक्रम गरिएको हो ।
बिद्यालयका शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष रमेश सेर्पा , वर्तमान अध्यक्ष खगमाया चापागाईं , पुर्व सदस्य मिना खतिवडा , बर्तमा सदस्यहरु राजन पराजुली , सुजन काफ्ले , आमा समुहका सदस्य द्वय मिना प्रसाईं अधिकारी , मञ्जु खड्का लगायतले समुह बनाई आआफ्नो जन्मदिनको अवसर पारेर सबैबाट सहभागीता हुने गरी यस अघिपनि शैक्षिक सामाग्री , न्यानो कपडा वितरण जस्ता केही न केहि कार्य गर्दै आएको र यस पटक बिद्यालयको शैक्षिक गुणस्तर उकास्नका निमित्त प्रोत्साहन स्वरुप शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष रमेश सेर्पाको जन्मदिनको अवसरमा समुहका सबैको आर्थिक एवं भौतिक सहभागीतामा असल शिक्षक र बिद्यार्थीलाई सम्मान गरिएको शिक्षक अभिभावक संघको अध्यक्ष खगमाया चापागाईंले वताउनु भयो ।
त्यस्तै कार्यक्रममा बिद्यालयले शिक्षक अभिभावक संघमा रहेर बिद्यालयको शैक्षिक साथै भौतिक गुणस्तर विकासको लागि दिएको योगदानको प्रशंसा गर्दै अढाई बर्ष शिक्षक अभिभावक संघको अध्यक्ष रहनु भएका संघका पुर्व अध्यक्ष रमेश सेर्पा र पुर्व सदस्य मिना खतिवडालाई प्रशंसा पत्रले सम्मान गरेको छ ।
शिक्षक अभिभावक संघको अध्यक्ष खगमाया चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रअ कर्णबहादुर डाँगी , बिद्यालय ब्यवस्थापन समिति सदस्य क्रान्ति सुवेदी , शिक्षक प्रतिनिधि दिलिप खतिवडा , प्राथमिक तह संयोजक खेमराज भट्टराई , विषेश शिक्षा संयोजक जिवेन्द्र घिमिरे , शिक्षक बल्लभकुमार गौतम, कनकाई साहित्य समाजका संस्थापक अध्यक्ष अश्विन धिताल , वर्तमान अध्यक्ष संध्या उप्रेती एवं अभिभावकहरुको आतिथ्यता रहेको थियोे । कार्यक्रममा स्वागत प्रअ कर्णबहादुर डाँगीले गर्नु भएको थियोे । कार्यक्रमको अौचित्य माथि प्रकाश आधारभुत तहका ईन्चार्ज अम्बिका प्रसाद रिजालले पार्नु भएको कार्यक्रमको सन्चालन साहायक प्रअ तिर्थराज खरेल र शिक्षक हेमन्तिका उप्रेतीले गर्नुभएको थियोे ।
