ठोस खबर , ९ फागुन / सुरुङ्गा सहकार्य युवा क्लबको आयोजना तथा कनकाई ३ सुरङ्गा स्थाई ठेगाना भई हाल अस्ट्रेलियामा बस्दै आउनुभएका सामाजिक क्षेत्रमा सदैव अग्रपंक्तिमा देखिने सहयोगी एवं सामाजिक व्यक्तित्व दुर्गा प्रसाद उप्रेतीको सहयोगमा बालशिक्षा केन्द्रमा शैक्षिक सामाग्री साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।

कनकाई ४ मा रहेको कनकाई बालशिक्षा केन्द्रमा सहयोगी एवं सामाजिक व्यक्तित्व दुर्गा प्रसाद उप्रेतीको जन्मदिनको अवसरमा उहाबाट भएको सहयोगलाई सहजिकरण गर्दै लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्न युवाहरुलई प्रेरित गर्दै आएको सुरुङ्गा सहकार्य युवा क्लबले शुक्रबार एक कार्यक्रम गरी शैक्षिक सामाग्री कापी, पेन्सिल , ईरेजर साथै खेलकुद सामाग्री ब्याडमिन्टन प्रदान गरेको हो ।

प्रवासमा रहेर पनि आफ्नो देश र समाजको विषयमा सधै सोचिरहने व्यक्ति दुर्गा प्रसाद उप्रेतीको विभिन्न तवरले फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा आफ्नै ठाउमा केहि गरेर जन्मदिन मनाउने ईच्छा अनुसार सुरुङ्गा सहकार्य युवा क्लबका संस्थापक अध्यक्ष प्रविन तिम्सिनाको सहजिकरण र सिङ्गो क्लवको आयोजनामा शिक्षा केन्द्रमा रहेका सबै बिद्यार्थीलाई शैक्षिक एवं खेलकुद सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष सुमन कार्कीले वताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोसन सुवेदीले बालशिक्षा केन्द्र नगर र वडाको सहयोगमा दु:खले चलाउदै आएको र यहाका बिद्यार्थीहरु पनि निम्न आयस्रोत भएका अभिभावकका बालबच्चा रहेकोले पठनपाठनका लागि प्रमुख आवाश्यक शामाग्री शैक्षिक सामाग्रीनै नहुदा समस्या हुनेगरेको र विभिन्न दाताहरुको सहयोगले त्यसमा केहि न केहि राहत मिल्नेगरेको जानकारी गराउदै दाता दुर्गा प्रसाद उप्रेति लाई जन्मदिनको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भयो । उहाले यस्ता सामाग्री प्रदान गर्न सुरुङ्गा सहकार्य युवा क्लवले साच्चिकै आवश्यक रहेको शैक्षिक केन्द्र छनौट गरि हस्तान्तरण गरेकोमा आभार व्यक्त गर्दै अन्य सहयोगी हरुलाई पनि बिभिन्न बहानामा फजुल खर्ज गर्नु भन्दा यस्ता क्षेत्रमा दुर्गाले जसरीनै सहयोग गरी पुण्य कमाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै बालशिक्षा केन्द्रका व्यवस्थापन समिति अध्यक्ष धर्मेन्द्र सुवेदीले बालशिक्षा केन्द्रमा सुरुङ्गा सहकार्य युवा क्लबले शैक्षिक तथा खेलकुद सामाग्री बितरणको कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै उक्त सामाग्री प्रदान कर्ता दुर्गा प्रसाद उप्रेतीलाई जन्मदिनको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भयो ।

क्लबका अध्यक्ष सुमन कार्कीको अध्यक्षतामा भएको अौपचारिक कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष प्रविन तिम्सिना , बालशिक्षा केन्द्रका व्यवस्थापन समिति अध्यक्ष धर्मेन्द्र सुवेदी प्रअ मिना कुमारी बस्नेत लगायतको आतिथ्यता रहेको थियोे ।
क्लबका सदस्यहरु देवराज नेपाल , मंदिप दाहाल , प्रेम दाहाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा उपस्थित सवैलाई स्वागत क्लबका कोषाध्यक्ष पुर्ण श्रेष्ठले गर्नुभएको थियोे भने कार्यक्रम सन्चालन क्लबका सचिव भिम राजवंशीले गर्नु भएको थियो ।