ठोस खबर , १२ फागुन / झापाको कनकाई नगरपालिका ५ मा वडा अध्यक्ष संग बालबालिका कार्यक्रम सम्पन भएको छ ।
एकता वडा बाल संजालको समन्वय , रुपान्तरण नेपालको प्राविधिक सहयोग र कनकाई वडा नं. ५ को आयोजनामा सोमवार वडाको सभाहलमा उक्त कार्यक्रम भएको हो ।
वडामा रहेका विद्यालयहरु देवकोटा प्रावि , भगवती आवि , बिद्योदय अंग्रेजी मावि र वेनुबाजा अंग्रेजी माविका बालबालिबा साथै वडा बाल संजालका बालबालिकाको सहभागीतामा कार्यक्रम गरिएको हो ।

एकता वडा बाल संजालको अध्यक्ष एलिसा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको अौचित्य बारे प्रस्ट पार्दै पाठकले वडा भित्र रहेका बालिकाहरुको अधिकार सुनिश्चत गर्दै जनप्रतिनिधि र बालबालिका बिचको सम्बन्धमा सुमधुरता ल्याउन वडा अध्यक्ष संग बालबालिका कार्यक्रम आयोजना गरिएको वताउनु भयो ।

कार्यक्रममा बालबालिकाहरु रिदिमा खतिवडा , सोलिन न्यौपाने , आरति सेलवाल , निक्षा निरौला , एलिसा पाठक , रोसिका बस्नेत , राज तामाङ , भावना भट्टराई लगायतले वडाका मण्डल बस्ति , तारघेरा , मुस्लिम वस्ति लगायका ठाउका बालबालिकाको अबस्था बारे ध्यानाकर्षण गर्नुभएको थियो । त्यसै गरि सामुदायिक बिद्यालय र निजि बिद्यालयका बालबालिकाका विच विभेद भएको भन्दै सेनेटरि प्याड , खेलकुद सामाग्री लगायतका बिषयमा समान दृष्टिकोण राख्न अनुरोध गर्नुभएको थियो। त्यस्तै नगरले सुर्तीजन्य पदार्थ निषेधित नगर घोषणा गरेपनि बिद्यालय नजिक साथै अन्य क्षेत्रमा समेत प्रस्सतै पाईने गरेको जानकारी गराउदै अनुगमन गरि नियन्त्रण गर्न अनुरोध गर्नुुभएको थियो ।

बालबालिकाका जिज्ञासालाई सम्बोधन गर्दै वडा अध्यक्ष कृष्णबहादुर राईले बालबालिकाले उठाएका कुरा जायज रहेको भन्दै सामुदायिक र निजी बिद्यालयका बालबालिकाहरु सबैको अभिभावक जनप्रतिनिधि भए पनि सकारको निति अनुसार दुबै बिद्यालयमा एकै किसिमको सेवा सुविधा दिन नसकिएको र निजिले शुल्क लिएर पठनपाठन गराई रहदा यस्ता विषयमा जिम्मेवार बन्नु पर्ने हुदा सेनेटरि प्याड समेत नपाएको अवस्था भए चाडैनै वडाले व्यवस्थापन गर्ने प्रतिवद्धता जानउनु भयो ।
त्यस्तै खेलकुद सामाग्री पनि केहिदिन भित्रै विद्यालयमा प्रदान गरिने वताउनु भयो । उहाले वडामा बालबालिकाको अभिभावकको पनि अभिभावक जनप्रतिनिधि भएकोले कहि कतै बालबालिका शिक्षा बाट बन्चित भएको भए वडामा जानकारी आए बडाले र उसलाई शिक्षाको लागि ब्यवस्थापन गर्ने पनि जानकारी गराउनु भयो । राईले बालबालिकाले उठाएका सबै विषय जायज रहेको भन्दै बच्चालाई पनि अामाले च्या नगरि दुध पिलाउन ध्यान नपुग्ने गरेको उदाहरण दिदै बालबालिकाको आवाश्यकता , समस्या र गुनासो लिएर वडामा आउन अनुरोध गर्दै त्यसको समाधान वडाले गर्ने प्रतिबद्धता जानउनु भयो ।

कार्यक्रम सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि नगर बालकल्याण अधिकारी उमनाथ ढकालले बालबालिकालाई असर पर्ने गतिविधि कहि कसैले पनि गर्न नहुने भन्दै बालबालिकालाई कुन क्षेत्रमा सम्बोधन हुदैन पहिले त्यहीँ प्रश्न गर्न र प्रश्न गर्दा पनि सम्वोधन नभए जनप्रतिनिधि वा वालकल्याण अधिकारी लाई जानकारी गराउन अनुरोध गर्नु भयो । उहाले सबै क्षेत्रमा हुने बाल अधिकार हनन् थाहा नहुदा पनि बालबालिका चपेटामा परेको हुनसक्ने भन्दै त्यस्ता कुरा थाहा भएमा जानकारी गराउन समेत बालबालिकालाई अनुरोध गर्नुभयो । उहाले बालबालिकाको सुर्तीजन्य पदार्थ बारेको गुनासोलाई सम्बोधन गर्दै नगरले सुर्तीजन्य पदार्थ निषेधको घोषणा गरेको हुदा अब त्यसको न्युनिकरणका निमित्त पहिले घरबाटै सुरु गर्नुपर्ने अबस्था रहेकोले यो अभियान घर , समुदाय स्तरबाटै सुरु गरि सफल पार्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा सदस्यहरु ईन्दिरा अधिकारी , डिल्लीराम उप्रेती , गोविन्द कार्की , संचारकर्मी सिएम शर्मा , रुपान्तरण नेपालका सदस्य तथा वडा बालसंजालका पुर्व अध्यक्ष अनुप भट्टराई , शिक्षक प्रतिनिधि एलपी कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।
कनकाई वडा नं. ५ का वडा सचिव नारायण बस्नेत , क्लब सम्पर्क व्यक्ति डिल्लीराम विक , शिक्षक प्रतिनिधि उमनाथ तिम्सिना साथै बालबालिकाको उपस्थितिमा भएको कार्यक्रममा सहजिकरण रुपान्तरण नेपालका अध्यक्ष अभिशेक मिश्रले गर्नु भएको थियोे । कार्यक्रममा उपस्थित सबैलाई स्वागत निक्षा निरौलाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एकता वडा बालसञ्जालकी सचिव सुवेक्षा प्रसाईंले गर्नु भएको थियो ।