ठोस खबर , १७ फागुन / झापाको कनकाई नगरपालिका ३ मा रहेको प्यारागन एकेडेमीले शुक्रबार सुरुङ्गा जेसिजको सभाहलमा एक बिशेष कार्यक्रम बिच अभिभावक लक्षित एक दिवसिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगर क्षेत्रमै निजि तर्फ युनिक बहुमुखि क्याम्पस समेत सञ्चालन गर्दै आएको एकमात्र बिद्यालय प्यारागनले बालबालिकाको पहिलो पाठशाला अभिभावक भएको हुदा अभिभावक लक्षित अभिमुखिकरण कार्यक्रम आयोजना गरेको कार्यक्रमको अध्यक्ष प्यारागन एकेडेमीको संस्थापक तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चम्फादेवी खनालले जानकारी गराउनु भयो ।

बिद्यालयका अभिभावकको उल्लेख्य उपस्थितिमा भएको अभिमुखिकरण कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक सेवक बजगाँईले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


प्रशिक्षणमा बजगाँईले कसरी असल अभिभावक बन्ने ? अभिभाव के हो ? सफल अभिभावकले गर्नपर्ने र गर्न नहुने कुराहरु केके हुन ? जस्ता विषयमा प्रष्ट पार्नु भएको थियो । उहाले बालबालिकामा प्रशंसाको सक्तिबारे उदाहरण सहित प्रष्ट पार्दै अभिभावकमा बच्चालाई हौशला दिने बानीको विकास हुनु पर्ने वताउनु भयो ।
वच्चा प्रतिको नेतृत्व , व्यवहार र नतिजा बारे जानकारी गराउदै प्रशिक्षक बजगाँईले बालबालिकाका लागि आवश्यक तत्वहरु , अभिभावकले बुझ्नुपर्ने कुराहरु लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।

कार्यक्रममा बिद्यालयको बार्षिक गतिविधिहरु प्रस्तुत गर्दै बिद्यालयका प्रअ दिपक भट्टराईले विभिन्न वाधा अवरोधहरु पार गर्दै विद्यालय प्रगतिको पथमा लम्कीरहेको वताउनु भयो । उहाले बिद्यालयमा शैक्षिक विकासका क्षेत्रमा बिद्यार्थीले ल्याएको नतिजाले प्रष्ट पारेको दृष्टान्त संगसगै सांस्कृतिक , खेलकुद लगायतका अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत विद्यालयले विकास गर्दै आएको जानकारी गराउदै नगर तथा जिल्लास्तरीय प्रतियोगितात्मक कार्यक्रममा समेत विद्यालयले उत्कृष्ट प्रस्तुति गर्दै पुरस्कृत भएको वताउनु भयो ।


उहाले कार्यक्रमको अौचित्यमाथी प्रकाश पार्दै वालवालिकको सर्वाङ्गिण विकासका लागि मुख्य भुमिका अभिभावककोनै हुने भएकोले अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको वताउनु भयो । आगामि दिनमा पनि बिद्यालयले अभिभावकका सुझावलाई आत्मसात गर्दै क्रमश ति सुझावहरुको सम्वोधन गर्दै जाने समेत प्रअ भट्टराईले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईंले बिद्यार्थीको भविष्य निर्माण गर्ने बेलामा शिक्षक र अभिभावक जोडिएर संगसंगै अगाडि बढ्न सके देशको कर्मठ नागरिक उत्पादन गर्न सकिने वताउनु भयो । बिद्यालयले बालबालिकाको विकासकालागी महत्त्वपूर्ण पाटो अभिभावकलक्षित अभिमुखीकरण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले गायन नृय साथै गजेन्द्र खतिवडाको लेखन तथा निर्देशन र राकेश दर्नालको सह निर्देशनमा रहेको सचेतना मुलक नाटक “अमृत वचन” समेत प्रस्तुत गरेका थिए ।

बिद्यालयका शीक्षक अभिभावक संघका अध्यक्ष भरत शिवाकोटीले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा कनकाई ३ का वडा अध्यक्ष अनिल गोयल , युनिक बहुमुखी क्याम्पसका अध्यक्ष तिर्थराज खरेल बिद्यालय व्यवस्थापन समिति परिवार , बिद्यालय शीक्षक अभिभावक संघ परिवार लगायतको आतिथ्यता रहेकोथियो भने शिक्षक शिक्षिका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालयका सहायक प्रअ डिल्ली सीटौलाले गर्नु भएको थियो भने सञ्चालन शिक्षक जानम भण्डारीले गर्नुभएको थियोे ।