झापा २६ चैत्र / नवौं स्वास्थ्य बिमा दिवसको अवसरमा झापाका सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“सबै नागरिकको स्वास्थ्य बिमामा सहभागिता, सुरक्षित र स्वस्थ भबिस्यको सुनिश्चितता” भन्ने मूल नाराका साथ
सोमबार भद्रपुरमा उक्त कार्यक्रम गरिएको हो ।

झापामा स्वास्थ्य बिमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालय संयोजक लक्ष्मी कंडेलको अध्यक्षता तथा झापा जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा जिल्लाको स्वास्थ्य बिमाको वर्तमान अवस्थाबारे दर्ता अधिकारी रुद्र गौतमले प्रस्तुति दिनुभएको थियो ।

अधिकारीले बिमाको वर्तमान अवस्थाबारे जानकारी दिदै झापा जिल्लामा सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति झापाका नागरिकको आकर्षण बढ्दै गएको बताउनु भयो ।

उहाले आर्थिक बर्ष २०८०/८१ सम्ममा जिल्लाको कुल जनसंख्याको ६९.६७% जनसंख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेदै नेपालको सबैभन्दा बढी बिमित भएको जिल्लाको रुपमा झापा जिल्ला रहेको वताउनु भयो ।
उहाले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०८०/८१ सम्म ६ लाख ९५ हजार ३७५ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस जिल्लामा सबैभन्दा बढी दमक नगरपालिका नागरिकले स्वास्थ्य बिमा गराएका छन । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ १ लाख ११ हजार ८० जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ भने सबैभन्दा कम बिमित झापा गाउपलिकामा १४ हजार ९७४ जना रहेको छ । त्यस्तै लक्षित वर्ग समुहमा पनि धेरै नागरिकहरु यस कार्यक्रममा समावेस रहेको पाइएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु स्वास्थ्य बिमा कार्यक्रममा सुचिकृत रहदै स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको तथ्यांक जिल्ला सम्पर्क कार्यालय संग रहेको जिल्ला संयोजक लक्ष्मी कंडेलले बताउनु भएको छ ।

कार्यक्रममा विभिन्न पालिकामा दर्ता सहयोगीको रुपमा रहेर कुशल र इमान्दारितापुर्वक कार्य गर्ने सम्पूर्ण दर्ता सहयोगीहरुलाई बिशेष धन्यबाद दिदै प्रत्येक पालिकाबाट सबै भन्दा बढी नागरिकको बिमा गराउन सफल दर्ता सहयोगीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

यसरि सम्मानित हुनेहरुमा, दमक नगरपालिका बाट गोविन्दराज बस्नेत, बिर्तामोड नगरपालिकाबाट कमला चापागाईं, भद्रपुर नगरपालिकाबाट लिला काफ्ले, कन्काई नगरपालिकाबाट सबिना ढकाल, मेची नगरपालिकाबाट धनकुमारी न्यौपाने, अर्जुनधारा नगरपालिकाबाट निर्मल ढकाल, गौरादह नगरपालिकाबाट सिर्जना घिमिरे, शिवसतासी नगरपालिकाबाट यमकुमारी शिलवाल, हल्दिबारी गाउपलिकाबाट ओमप्रकाश आचार्य, बुद्धशान्ति गाउपालिकाबाट मेनुका आचार्य, झापा गाउपलिकाबाट बद्रि प्रसाई, कचनकवल गाउपलिकाबाट इन्दुकुमारी सुबेदी, गौरिगंज गाउपालिकाबाट दिपक प्रसाद यादव, बाह्रदसी गाउपलिकाबाट पिंकी साह, कमल गाउपालिकाबाट अनिता सिवाकोटी रहनु भएको छ ।
त्यस्तै झापा जिल्ला कार्यालयमा रहेर २०७४ देखि कार्यालयका विभिन्न कार्यहरुमा अनवरत रुपमा सहयोग गर्ने भद्रपुर निवासी अजय सुबेदीलाइ समेत सम्मान गरिएको छ ।

कार्यक्रममा अतिथिहरु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटी, गौरादह नगर अस्पतालका प्रमुख हरि प्रसाद घिमिरे, भद्रपुर नगरपालिका प्रशासकीय अधिकृत सुनिल निरौला, ओम साइ पाथिभरा अस्पतालका प्रशासन प्रमुख दिप पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत सुलोचना शाहले गर्नु भएको कार्यक्रमको संचालन दर्ता अधिकारी राधा रिमाल अधिकारीले गर्नुभएको थियोे ।