झापामा चट्याङबाट एक जनाको मृत्यु

ठोस खबर , २७ चैत्र / बुधबार विहानको हावापानी संगैको चट्याङबाट झापामा एक जनाको मृत्युु भएको छ ।
पाँचथर मिक्लाजुङ गाउँपालिका ३ आरुभोटे घर भई हाल झापाको गौरादह नगरपालिका वडा न. ५ बालुबथानमा बस्तै आएका अ.बर्ष ५४ का दुध कुमार लावतीलाई चट्याङको झट्का लाग्दा मृत्यु भएको प्रहरिले जनाएको छ ।
भान्साकोठामा खाजा खाने क्रममा बिहान ७ बजेको समयमा चट्याङको झड्का लागि सोहि समयमा मृत्यु भएका लावतीको शवको कानुनि प्रकृया लगायतको कार्यहरु पुरा गरी पोष्टमार्टमको लागी दमक अस्पताल दमक पठाई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
