पशुपतीमा चार दिवसीय मन्टेश्वरि एवं रिफ्रेसमेन्ट तालिम सम्पन्न

ठोस खबर , २८ चैत्र / निजि बिद्यालयको क्षेत्रमा २०३९ सालमा शिक्षासेवी व्यक्तित्व स्व गंगा प्रसाद उप्रेतीले कनकाईमै पहिलोपटक स्थापना गर्नुभएको पशुपति अंग्रेजी बिद्यालय सुरुङ्गाले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न आयोजना गरेको चार दिवसिय मन्टेश्वरि एवं रिफ्रेसमेन्ट तालिम बिहिवार सम्पन्न भएको छ ।
शैक्षिकसत्र २०८१ सम्पन भए लगतै शैक्षिकसत्र २०८२ को शुरुवात पुर्व चैत्र २५ बाट बिद्यालयमा आयोजना गरिएको तालिमको बिहिवार एक संक्षिप्त कार्यक्रमगरी समापन गरिएको हो ।

समापन कार्यक्रममा संबोधन गर्दै बिद्यालयका संचालक तथा प्रिन्सिपल एलपी उप्रेतीले समय सापेक्ष शिक्षकलाई निखार्दै लाने बिद्यालयको निती अनुसार शैक्षिकसत्र २०८२ लाई अझ सशक्त बनाउने उद्धेश्यले बिद्यालयले तालीम आयोजना गरेको वताउनु भयो । उहाले यस तालिमबाट शिक्षकहरुले पकै पनि धेरै कुराहरु सिक्नुभएको विश्वास गर्दै शिकेका कुराहरुलाई प्रयोगमा ल्याई शिक्षण सिकाइलाई अझ प्रभावी बनाउनेमा आफु विश्वस्त रहेको वताउनु भयो ।

बिद्यालयका कक्षा २ सम्मका २१ जना शिक्षकलाई प्रदान गरिएको तालिममा प्रथम पाईला अभियान झापाको संस्थापक अध्यक्ष , बिरतालेडी जेसीजको निवर्तमान अध्यक्ष , कुशल मन्टेश्वरि प्रशिक्षक मिनु ओली लोहनीले प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।

तालिम पछिको समापन कार्यक्रममा आफ्नो अनुभव बाढ्दै सहभागी प्रशिक्षार्थी सकुन्तला पन्धाक र गंगा तिम्सिनाले तालिमबाट आफुले आफुलाई बच्चाको अगाडि कसरी प्रस्तुत गर्ने , मन्टेश्वरिमा प्रयोग हुने क्राफ्टहरु कसरी तयार गर्ने , कक्षाकोठा कसरी सजाबट गर्ने , बच्चाहरुसंग कसरी घुलमिल हुने , उनिहरु संग कस्तो व्यबहार गर्ने , शिक्षकले क्षमता अभिवृद्धि कसरि गर्ने , अभिभावक , बिद्यार्थी र शिक्षकको सम्बन्ध विकास कसरी गर्ने , समाजमा कसरी घुलमिल हुने , शिक्षक भइसके पछि सामाजिक संजाल प्रयोग गर्दा कसरि गर्ने जस्ता बिषयको ज्ञान पाएको वताउदै आउदा दिनमा सो ज्ञानलाई व्यबहारमा उतार्दै अगीबढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रशिक्षक मिनु ओली लोहनीले चारदिनको बसाइमा आफुले जाने बुझेको कुरा प्रशिक्षणको क्रममा सिकाएको र ति कुराहरुलाई प्रयोगमा ल्याए संस्कार सहितको शिक्षा प्रदान गर्ने अभियानलाई अगाडि बढाउदै जान सकिने बताउनु भयो । उहाले बाल बच्चाले अभिभावकको कुरालाई भन्दा शिक्षकको कुरालाई विश्वास गर्ने भएको हुदा जेहन्दार, देश निर्माणमा नेतृत्व गर्न सक्ने नागरिक तयार गर्न शिक्षकको महत्त्वपूर्ण भुमिका रहने भएको हुदा यस्ता कुराहरुलाई शिक्षण सिकाईको प्रक्रियामा ध्यान दिनुपर्ने वताउनु भयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीले देश सामाज परिवेश परिवर्तन शिल हुने र समयको माग अनुसारको शिक्षाको आवश्यक रहने कुरालाई मध्यनजर गर्दै हरेक बर्ष बिद्यालयले यस किसिमका तालिम आयोजना गर्दै आएको र यस कार्यक्रमलाई आगामी बर्षमा समेत निरन्तरता दिदै जाने जाने वताउनु भयो ।
कार्यक्रममा बिद्यालय सन्चालक सदस्य उषा यदुका ओली उप्रेती , शिक्षक लागयतको उपस्थिति रहेको थियोे ।