कनकाईकी क्या*न्सर रोगी नमिता मेचीमहाकाली साईकल यात्रामा , नगरद्वारा शुभकामना सहित विदाई

ठोस खबर, ३० चैत्र / विगत ५ वर्षदेखी क्यानसर संग जुधिरहनु भएकी क्यानसर सरभाईवर , क्यान्सर फाईटर झापा कनकाई निवासी ४० बर्षिय नमिता बस्नेत “मुस्कुराउछ नयाँ जिवन ” भन्ने स्लोगन को साथ मेची महाकाली साईकल यात्रामा निस्कनु भएको छ । उहाले शनिबार नेपालको पुर्वि सिमाना मेचि पुल बाट क्यानसर रोग संग सचेतना साईक यात्रा सुर गर्नु भएको हो ।

आफै पनि क्यानसर साथै अन्य धेरै रोग संग लड्दै अरुलाई समेत यो रोग सम्बन्धि सचेतना प्रदान गर्दै साईक यात्रा सुर गर्नुभएकी नमितालाई गृह नगर कनकाईबाट यात्रा सफलताको शुभकामनासहित बिदाई गरीएको छ ।
कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , वडा वडा नं. १ का अध्यक्ष शुसिलकुमार पोखरेल , वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं , सदस्यहरु गोविन्द सुवेदी , अनिल गोयल , कनकाईका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक एवं सामाजिक व्यक्तित्व लगायतले नमितालाई राष्ट्रिय झन्डा , खदा, अविर पहिर्याउदै यात्रा सफलताको शुभकामना सहित बिदाई गर्नुभएको हो ।
बिदाई गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले क्यान्सर रोगलाई जितेर साइकल यात्रा गर्ने साहेद पहिलो महिला नमिता हुन सक्ने बताउनु भयो । उहाले क्यान्सर रोग लाग्ने वितिकै रोगले मानिसलाई जति ग्रसित पार्छ त्यो भन्दा बढी मलाई क्यान्सर लाग्यो भनेरचै नर्भस हुने , हतोत्साहित हुने हरुलाई नमिताको मेचीमहाकाली साईकल यात्राले ठुलो उर्जा दिने वताउनु भयो । नगरले उहाँको यात्रा सहजरूपमा सम्पन्न होस भन्नका लागि यात्राको क्रममा पुगिने विभिन्न पालिका हरु संग समेत समन्वय गरेको पोखरेलले जानकारी दिनु भयो ।
तेस्तै कनकाई ३ का बडाअध्क्ष युवराज चौलागाईंले नमितालाई यात्रा सफलताको शुभकामना व्यक्त गर्दै नमिताको जिवनशैलिलाई हेरेर पनी दिर्घरोग लागेका व्यक्तिहरुले उर्जा प्राप्त गर्न सकिने वताउनु भयो ।
यात्री नमिताले कनकाई नगरपालिका र पुर्वाञ्चल क्यान्सर अस्पतालको बिशेष सहयोग र हौसला लिएर साईकल यात्रा सुरु गरेको बताउनु भएको छ । उहाले सबैको हौसलाले आफुलाई उर्जा मिलेको बताउदै सदैब यस्तै साथ सहयोगको अपेक्षा गर्नु भएको छ ।