पाथिभरा दर्शन गर्न जाने क्रममा बोलेरोमा करेन्ट लाग्दा चार जनाको मृत्यु

ताप्लेजुङ , ८ बैशाख / पाथिभरा मन्दिर दर्शन गर्न जाने क्रममा सोमबार बिहान ताप्लेजुङको काफ्ले पार्टी नजिकै गुन्द्रे र तेर्से सडकमा झरेको बिजुलीको तारले दर्शनार्थी बोकेको बोलेरोलाई छोई करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११नम्बरको गाडीमा आगो लाग्दा ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सवारी चालक फुङलिङ नगरपालिका १० का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य , झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल र झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ । घटनामा परि दुइजना घाईते भएको र उनिहरुलाइ हेलिकप्टरबाट काठमाडौं लाने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।