ठोस खबर , २४ बैशाख / समामाजीक क्षेत्रमा काम गर्दै आएको सुरङ्गा जेसीजले जेसीज भित्र राष्ट्रिय स्तरमा सफलता हासिल गरेको छ ।

नेपाल जेसीजले देसै भरका जेसीज युवा बिच पव्लिक स्पिकिङ्ग च्याम्पियनसिप र क्रिएटिभ योङ्ग एन्टर पेनर विधामा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा सुरुङ्गा जेसीजबाट सहभागी जनाउनु हुने रिसव सिंह चाहार र प्रसोधन निरौलाले प्रथम स्थान हासिल गरेसंगै सुरुङ्गा जेसीज अग्र पंतिमा देखीएको हो ।

काठमाडौंमा मंगलबार भएको राष्ट्रिय स्तरको प्रतियोगितामा सुरुङ्गा जेसीजका कोषाध्यक्ष रिसव सिंह चाहारले पव्लिक स्पिकिङ्ग च्याम्पियनसिप तर्फको विधामा प्रथम स्थान हासिल गर्नुभएको हो भने सुरुङ्गा जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी शुष्मा न्यौपाने उप्रेती क्रिएटिभ योङ्ग एन्टर पेनर चेयर पर्सन रहनुभएको उक्त कार्यक्रममा सुरुङ्गा जेसीजका सदस्य युवा बैज्ञानिक प्रसोधन निरौलाले क्रिएटिभ योङ्ग एन्टर पेनर विधामा प्रथम स्थान हासिल गर्दै सुरुङ्गा जेसीजलाई सफलता दिलाउनु भएको हो ।

जेसीजले पहिलो चरणमा देशभरका शाखामा र दोस्रो चरणमा एरियामा प्रतियोगिता गरेको र दुवैमा प्रथम स्थान हासिल गर्दै सुुुरुङ्गा जेसिजका दुबै प्रतीयोगी राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्नु भएको सुरङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधानले जानकारी दिनुभएको छ ।

राष्ट्रिय स्तरमा प्रथम हुने दुबै विधाका प्रतियोगीले अव अन्तर्राष्ट्रिय स्तरमा जुनमा मंगोलीयामा हुने जेसीजको एसिया पेसिफिक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने र सो प्रतियोगितामा समेत प्रथम हुन सके जेसिजको विश्व सम्मेलन सम्म पुगेर प्रतियोगितामा सहभागी हुन पाउने सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधानले वताउनु भएको छ ।