झापा , २५ जेठ / आफैले चलाएको मोटरसाईकल अनियन्त्री भई दुर्घटना हुँदा मोटरसाइकल चालक सप्रनानि पुरन लाल राजंवशिको मृत्यु भएको छ ।

गय राति अन्दाजी ८ बजेको समयमा पुर्व पश्चिम लोकमार्गमा झापाको बिर्तामोडबाट केर्खा तर्फ जादै गरेको प्र.१-०२-००५२ प. ७०२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्री भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी गा.पा.४ बस्ने ४८ बर्षिय पुरन लाल राजंवशि गम्भिर घाइते भइ उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पठाएकोमा राति ९:१० बजे उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ ।

राजवंशी इलाम सशस्त्र प्रहरी बल नेपाल विओपी समालबुङ पोष्टमा कार्यरत थिए ।