भारत , २९ जेठ / भारतको गुजरातस्थित अहमदावादमा एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटना भएको छ ।

लन्डनका लागि उडान भरेको उक्त विमान (उडान नम्बर AI171) मेघानी नगर नजिकै विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार थिए ।

दुर्घटनापछि आगलागी र कालो धुवाँ निस्किएको छ । उद्धार कार्य जारी छ । हताहतीको विवरण अझै पुष्टि भएको छैन । अहमदावाद विमानस्थल बन्द गरिएको छ । भारतको नागरिक उड्डयन प्राधिकरणले छानबिन शुरू गरेको छ । एयर इन्डियाले थप विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।