झापा, ६ असार / नेपाल भारतको पुर्वि नाका झापाको काँकडभिट्टाबाट एयर पेस्तोल साथै घरेलु हतियार सहित एकजना पक्राउ परेका छन ।

इप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साझ ७: २० बजेको समयमा झापा मेचीनगर न.पा. वडा न.६ काँकरभिट्टा बसपार्कबाट भारत दुर्गानगर सिलिगुडि बस्ने वर्ष अं. ३५ को जय प्रकाश कुमार पाठकलाई अबैध हतियार सहित पक्राउ गरेको हो ।

काँकरभिट्टा बसपार्कमा WB 70 G 3232 नम्बरको TUV300 मोडलको कार सहित पाठकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी लुकाई राखेको अवस्थामा STAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार एक थान फेला परेकोले उक्त हतियारमा भएको म्याग्जिन खोली हेर्दा एयर वुलेट जस्तो देखिने पाँच राउण्ड , चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १-१ एक/एक थान दाव सहितको खुकुरी फेला परेको र जय प्रकाश कुमार पाठकको शरीरबाट REDMI कम्पनीको स्क्रिनटर्च मोवाईल एक थान, SAMSUNG कम्पनीको मोवाईल एक थान र अवैध हतियार सहित निजलाई नियन्त्रण लिएको झापा प्रहरिले जनाएको छ ।

पक्राउ परेका पाठकलाई इप्रका काँकरभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।