ठोस खबर ,१४ असार / लायन्स क्लब अफ कनकाई दुर्गापुरको अध्यक्षमा लायन भुवन खतिवडा चयन हुनुभएको छ ।

क्लबको शुक्रबार दुर्गापुरमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन बाट लायन्स क्लब अफ कनकाई दुर्गापुरको आगामी बर्ष २०२५/०२६ को अध्यक्षमा युवा व्यवसायी , सामाजिक व्यक्तित्व भुवन खतिवडा सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै प्रथम उपाध्यक्षमा लायन रमन अधिकारी, द्वितीय उपाध्यक्षमा लायन इश्वर सुवेदी र तृतीय उपाध्यक्षमा लायन युवराज वोहोरा, निर्वाचित हुनुभएको थियो भने सेक्रेटरीमा लायन दिपक कुमार ओलि, ट्रेजररमा लायन युवराज अधिकारी र क्लब चिफ एडभाईजरमा लायन मनोज कुमार पोख्रेल मनोनित हुनभएको निर्वाचन समिति संयोजक तथा क्लबका पुर्व अध्यक्ष दिपक खतिवडाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा भाइस डिस्ट्रीक गभर्नर इलेक्ट कार्यक्रमका प्रमुख अतिथि लायन लिला प्रसाद चिमरियाले क्लबका पुर्व अध्यक्ष लायन तिलाचन रिजाल साथै उहाँको टिमले आफ्नो कार्यकालमा गरेको कामको प्रसंशा गर्दै नया क्लब भएपनि क्लबको नेतृत्वगरी आजको अवस्थामा ल्याउन असल भुमिका निर्वाह गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नव निर्वाचित अध्यक्ष खतिवडालाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि चिमरियाले आफ्नो कार्यकालमा क्लबका नियमित कार्यलाई निरन्तरता दिदै थप उत्साह र उर्जाका साथ सामाजिक क्षेत्रमा अघिबढ्न आग्रहका गर्दै क्लबका सबै किसिमका कार्यक्रममा आफ्नो तर्फबाट साथसहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अध्यक्षको मन्तव्यराख्दै क्लबका अध्यक्ष लायन रिजालले क्लबको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरी बर्ष भरिका कार्यमा समेत संगसंगै हातेमालो गर्दै संस्थालाई चलायमान बनाउन अहम भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित समितिमा पनि आफ्नो साथ सहयोग सदैव रहने वताउदै नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुभएको थियोे ।
क्लबका कोषाध्यक्ष युवराज बोहोराले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष लायन रुपनारायण खतिवडा ,डिस्टिक चिफ मनोज वस्नेत, एरिया कोओडिनेटर डम्बर थापा, प्रथम उपाध्यक्ष लायन कुमार दाहाल , लायन्स क्लब अफ कनकाई दुर्गापुरका सम्पुर्ण लायन्सकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका कोषाध्यक्ष युवराज बोहोराले बधाई तथा धन्यवाद मन्तव्य राख्नु भएको थियोे । क्लबका अध्यक्ष लायन तिलचन रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव लायन दिपक ओलिले गर्नुभएको थियो ।

यसैबीच क्लबले दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनको पुर्वसन्ध्यामा शुक्रबारनै बर्ष २०२४/२५ को अन्तिम कार्यक्रमका रुपमा कनकाई ७ मा रहेको भृकुटी माविका बिद्यार्थीलाई स्कुल व्याग वितरण गरेकोे छ ।

क्लबले कनकाइ वडा नं. ७ को सहयोगमा भृकुटी मा.बि.का प्राइमरी कक्षाका सम्पूर्ण विद्यार्थी हरुलाइ स्कुल ब्याग बितरण गरेको क्लबका २०२४/२५ का अध्यक्ष तिलचन रिजालले जानकारी गराउनु भएको छ ।