सुरुङ्गा , ३ भदौ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सुरुङ्गा शाखाले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत झापाका विभिन्न धार्मिक स्थल, पर्यटनस्थल तथा अस्पतालहरूमा सरसफाइ सामग्री (डस्टबिन) हस्तान्तरण गरेको छ ।

सुरुङ्गा नगर अस्पताल , कोटिहवन धार्मिक क्षेत्र , कन्काई सर्पदंश उपचार केन्द्र , धनुषकोटी धाम , जमुनखाडी सिमसार तथा अन्य धार्मिक एवं पर्यटन स्थलहरूमा कम्पनीले मंगलबार डस्टबिन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा शाखा प्रमुख पौडेलले कम्पनीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गर्ने परम्परा रहेको र सोही कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

वातावरणीय संरक्षण र सरसफाइमा टेवा पुर्याउने उदेश्यले गरिएको डस्टबिन बितरण कार्यक्रममा सुरुङ्गा शाखा प्रमुख केशव पौडेल, कम्पनीका मेची क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना, कोशी प्रदेशका कर्पोरेट सेल्स को–अर्डिनेटर गगन सिटौला, साथै सुरुङ्गा शाखा तथा झापा र इलाम जिल्लाभरिका अभिकर्ता, एजेन्सी म्यानेजर तथा वरिष्ठ एजेन्सी म्यानेजरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

डस्टबिन प्राप्त कर्ता सम्पूर्ण संस्थानहरूले कम्पनीप्रति आभार व्यक्त गर्दै निरन्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन ।