नियमित बचतमा जिल्लाकै उत्कृष्ट भीमसेन सहकारीको मुनाफा १८ लाख ९७ हजार

ठोस खबर , ६ पुस / नियमित बचत कारोबारमा २०८१ / ०८२ मा जिल्लामै उत्कृष्ट कारोबार गरेको भीमसेन बचत तथा ऋण सहकारी संस्था कनकाई ३ ले २०८१/०८२ मा १८ लाख ९७ हजार २६६ रुपैयाँ मुनाफा गरेको छ ।
कनकाई ३ स्थित जेसिस भवनको सभा हलमा शनिबार आयोजित संस्थाको १६ औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष तेजबहादुर प्रधानले आर्थिक बर्ष २०८१/२०८२ मा संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम साथै आगामी आर्थिक बर्ष २०८२ / २०८३ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८१/०८२ मा संस्थालाई १८ लाख ९७ हजार २६६ रुपैयाँ मुनाफा भएको बताउनु भएको हो ।

त्यस्तै २०८१/०८२ मा संस्थाको सेयर पुँजी १ करोड ६० लाख ३३ हजार ४०० रुपैयाँ , कोष १ करोड ३२ लाख ५ हजार ७०० रुपैयाँ , निक्षेप ७ करोड ५९ लाख ३९ हजार १७१ रुपैयाँ , ऋण ७ करोड ८२ लाख ९३ हजार २३२ रुपैयाँ , लगानी १ लाख १५ हजार रुपैयाँ , आम्दानी १ करोड १५ लाख २३ हजार १९५ रुपैयाँ , खर्च ९६ लाख २५ हजार ९२८ रुपैयाँ रहेको अध्यक्ष प्रधान द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले यही वर्ष आफ्नो भवन निर्माणको लागि कन्काई ३ सुरुङ्गामा आठ धुर जग्गा समेत खरिद गरेको पनि अध्यक्ष प्रधानले जानकारी गराउनुभएको छ।
कार्यक्रममा लेखा समितिका संयोजक कमलप्रसाद भट्टराईले विभिन्न सल्लाह सुझाव सहितको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका सदस्य तथा शिक्षा उपसमिति संयोजक तीर्थराज खरेलले सहकारी शिक्षा सम्बन्धी जानकारी गराउनुभएको थियो । खरेलले कार्यक्रममा राहत वितरण कार्यविधि समेत प्रस्तुत गर्नुभएको थियो ।

सभामा प्रस्तुत अध्यक्षको प्रतिवेदन , लेखा समितिको प्रतिवेदन र राहत वितरण कार्यविधि बन्दसत्रले पारित गरेको संस्थाका व्यवस्थापक खगेन्द्र कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

कार्यक्रममा विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट सही र निष्पक्ष सूचना समाजमा पुर्याउँदै आउनुभएका ठोस खबरका सञ्चालक / सम्पादक , कन्काई सुरुङ्गा प्रेस क्लबका उपाध्यक्ष साथै विभिन्न संघ संस्थामा आबद्ध सञ्चारकर्मी चुडामणि तिम्सिना (सीएम शर्मा) लाई नगदसहित सम्मानपत्रबाट कार्यक्रमका अध्यक्ष तेजबहादुर प्रधान , प्रमुख व्यक्तित्व संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, संस्थाका सल्लाहकार संयोजक नरेन्द्रकुमार श्रेष्ठ , सल्लाहकार रामबाबु महर्जन लगायतले सम्मान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा उत्कृष्ट बचतकर्ता नीलकुमारी श्रेष्ठ र असल ऋणी शर्मिला बस्नेतलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो भने संस्थाका जेष्ठ नागरिकहरू नरेन्द्र कुमार श्रेष्ठ , गोपीमाया श्रेष्ठ , मोहनकुमार भण्डारी , अमिरी पञ्जियार , देवनारायण श्रेष्ठ , कृष्णकुमारी प्रधान , इन्धरी कुमारी श्रेष्ठ र मनकुमारी श्रेष्ठलाई नगद सहित सम्मानपत्रबाट कार्यक्रमको अध्यक्ष , प्रमुख व्यक्तित्व लगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका महिला परिचालन उपसमितिका संयोजक अनिता श्रेष्ठ सदस्यहरू तारा संग्रौला , यशोदा श्रेष्ठ , हिरादेवी श्रेष्ठ , ज्योति श्रेष्ठ त्यस्तै ऋण उपसमितिका संयोजक तीर्थबहादुर श्रेष्ठ सदस्यहरू निता श्रेष्ठ , मैया चौहान र उर्मिला खड्कालाई संस्थाप्रती देखाएको जिम्मेवारीको कदर गर्दै दोसल्ला ओडाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीहरु व्यवस्थापक खगेन्द्र कुमार श्रेष्ठ , लेखापाल टेक नारायण श्रेष्ठ बजार प्रतिनिधिहरु रचना श्रेष्ठ , कमला श्रेष्ठ , जुना खनाल अधिकारी युरिना दाहाल धनमया कुमारी रिजाल दाहाल लाई पोशाक सहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष तेजबहादुर प्रधानको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष, सल्लाहकार भरतकुमार श्रेष्ठ प्रमुख व्यक्तित्व रहेको सभामा उपस्थित सबैलाई स्वागत संस्थाका उपाध्यक्ष दिव्यराज ढकालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव रुद्रबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
