ठोस खबर , ४ फागुन /नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट झापा ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले १९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा उम्मेदवार चुडालले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै “नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल पूँजीवाद‌को शोषण दमन र अन्यायको चक्रमा पिल्सिदै आए‌का जनताको त्याग, बलिदान र स-शस्त्र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले नयाँ सम्भावनाको ढोका खोलेको भएपनि आर्थिक असमानता, बेरोजगारी, कुशासन, भ्रष्टाचार र सामाजिक विभेद अझै अन्त्य हुन नसकेको” वताएका छन ।

उनले नेपाली कम्युनिष्ट पार्टी जनयुद्ध, जनआन्दोलन र लोकतान्त्रिक संघर्षका उपलब्धीहरुको रक्षा गर्दै जनताको सार्वभौमसत्ता स्थापित गर्न नेकपा प्रतिवद्ध रहेको र उत्पीडित वर्ग, श्रमिक, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा पिछडिएका समुदायको हक अधिकार सुनिश्चित गर्दै समाजवाद उन्मुख समावेशी राज्य निर्माण गर्ने महाअभियानमा जनतासँग हातेमालो गर्दै निरन्तर अघि बढिरहेको जानकारी गराएका छन ।

चुडालले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गरी जनताको जीवन स्तर उकास्ने, भ्रष्टाचारको निर्मुल गरी सुशासन कायम राख्दै सामाजिक न्याय सहितको समतामूलक समाज स्थापना गर्ने स्पष्ट दृष्टिकोण र कार्यक्रमहरु सहित आफू र आफ्नो पार्टिका उमेदवारलाई मत किन ? भन्ने बारे प्रस्ट पार्दै प्रतिवद्धता-पत्र सार्वजनिक गरेका छन ।

यस्तो छ चुडालले सार्वजनिक गरेको प्रतिवद्धता-पत्रको पुर्ण पाठ

हाम्रो पार्टीका उम्मेद्वारलाई मतदान किन ?

★ वर्तमान राष्ट्रिय संकटबाट देशलाई निकास दिन ।
★ जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र पहिचानवादी आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ।
★ संविधान संशोधनको माध्यमबाट जेन-जी पुस्ताको भावना सहित जनताका अग्रगामी एजेण्डालाई सम्बोधन गर्न।
★ वर्तमान साशकीय स्वरुपलाई आमूल परिवर्तन गरी सरकारलाई स्थायित्व दिन ।
★ जिरामान खर्चिलो र भ‌किली निर्वाचन प्रणालीलाई परिमार्जन गरी सरल र सहज निर्वाचन प्रणाली स्थापित गर्न ।
★ भ्रष्टाचारीलाई कार्वाही गरी सुशासन, समाजिक न्याय, आर्थिक सम्मृद्धि कायम राखी वैज्ञानिक समाजवादको आधार तयार पार्न ।
★ राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुणण राख्न ।
★स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गरी रोजगारीको सृजना गर्न ।
★ जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यावरणमैत्री विकास योजनाहरु तर्जुमा गर्न ।
★ वर्तमान नेपाली समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न ।
★कृषि ताथा स्वदेशी कच्चा पार्थमा आधारित उद्योगहरुलाई बढावा दिन ।
★ पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजना सञ्चालन गर्न ।
★राज्यको स्रोत साधनको न्यायोचित वितरण, प्रभावकारी परिचालन र पारदर्शी कार्यन्वयन गर्न ।

प्राथमिकताका १९ बुधा :-

१ ) ऐन कानुनको निर्माण:

  • आम श्रमजीवी जनताको हक अधिकारलाई सुनिश्चित गर्न आवश्यक पर्ने ऐन कानुनको निर्माणामा प्रभावकारी भूमिका निर्वाह गरिने छ ।

२) शिक्षा तथा स्वास्थ्य:

  • समय सापेक्ष प्राविधिक शिक्षालाई विशेष जोडदिई शिक्षालाई सर्वशुलभ, निःशुल्क र गुणस्तरीय बनाईनेछ ।
  • झापा गाउँपालिकामा स्नातक तह (Bachelor Level) अध्ययनका लागि बहुमुखी कलेजको स्थापना गरिनेछ ।
  • कन्काई बहुमुखी क्याम्पसलाई यस क्षेत्रको शैक्षिक हबको रुपमा विशिष्टिकरण गरिनेछ ।
  • सतासी बहुमुखी क्याम्पस र शिवगञ्ज बहुमुखी क्याम्पसको स्तर उन्नति गरिनेछ ।
  • झिलझिलेमा रहेको गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालको रुपमा विकास गरी मेडिकल कलेजको रुपमा सञ्चालनमा त्याउन पहल गरिनेछ ।
  • झापा, कनकाई र शिवसताक्षी नगरमा रहेका नगर अस्पतालको स्तर उन्नति गरिनेछ ।
  • क्षेत्र नं. ४ का सबै सामुदायिक विद्यालयहरुको भौतिक र प्राविधिक विकास गरी अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनेछ ।
  • सामुदायिक विद्यालयमा एक शिक्षक एक ल्यापटाप कम्प्यूटरको व्यवस्था गरी डिजिटल शिकाई मार्फत अध्यापन गराउने व्यवस्था मिलाइनेछ ।

३) सजक तथा भौतिक पूर्वाधार:

  • क्षेत्र नं. ४ का सड़क सञ्जालको स्तरोन्नति गरिनेछ । साथै तराई र पहाड़ जोड्‌ने चुरे क्षेत्रका सडक निर्माण गर्न राष्ट्रिय योजनमा पारिनेछ ।
  • बडाबाट पालिकाको कार्यालय जोड्ने सडकहरु र राजमार्ग उत्तर दक्षिणका सडकहरुलाई कालोपत्रे गरिनेछ।
  • २८ वटै वडाका प्रमुख बजारमा ढल निकास, पक्की सडक, खानेपानी, विजुली, शौचालय लगायतको प्रबन्ध मिलाई स्वच्छ र सफा बजारको निर्माण गरिनेछ ।
  • झापा र कुञ्जीचारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ ।
  • कनकाई नदीको हुलाकी मार्गमा रहेको अधुरो पुल र शिवगन्ज शरणामती जोड्ने पुलको निर्माण कार्यलाई यथासिघ्र सम्पन्न गराउनुका साथै आवश्यक स्थानमा ठुला पुलहरु निर्माण गरिनेछ ।
  • चम्पापुरदेखि घैलाडुब्बाको आवागमनलाई सहज बनाउनका लागि विरिङ्ग नदीमा पुलको निर्माण गरिनेछ ।
  • जिर्ण अवस्थामा रहेका विद्यालय भवन हटाई सुविधा सम्पन्न कक्षा कोठा सहितको भवनहरु निर्माण गर्दै लगिनेछ ।
  • सुरुङ्गा बजार क्षेत्रको एसियन हाइवेमा एउटा आकाशे पुल निर्माणका लागि सशक्त पहल गरिनेछ ।

४) कृषि तथा सिंचाई:

  • कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण र चाक्लाबन्दी गरी व्यवसायकि तथा वैज्ञानिक कृषि प्रणालीको अवलम्बन गरिनेछ।
  • कनकाई सिंचाई आयोजनालाई गुणस्तरीय बनाउदै भूमिगत सिंचाई‌का लागि डिप बोरिङ्ग र स्यालु ट्यूबवेल कृषकहरुलाई अनुदानमा दिने व्यवस्था मिलाईने छ ।
  • चन्द्राडाँगी कृषि विकास फर्ममा कृषि क्याम्पस सञ्चालन गरि कृषि अनुसन्धान तथा परामर्श केन्द्रसमेत स्थापना गरिनेछ।
  • कृषिलाई व्यवसायीकरण, उत्पादनलाई बजारीकरण गर्नुका साथै कृषकहरुलाई मलखाद, गुणस्तरीय बिउ बिजन, आधुनिक कृषियन्त्र, कृषि तालिम र अनुदानको व्यवस्था मिलाइनेछ।
  • किसानहरुलाई पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराइनेछ।

५ ) भूमि व्यवस्था तथा सुकुम्बासी समस्या :

  • प्रचलित भूमि ऐन तथा नियमावलीकी संसोधन गरी दर्ता नभएका जग्गाको नाप जाँचगरी जोतभोगका आधारमा जग्गा धनी पूर्जा दिने व्यवस्था मिलाइनेछ।
  • भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी र वास्तविक सुकुम्बासीलाई अधिकार सम्पन्न आयोग गठन गरी यथासिघ्र जग्गा धनी प्रमाण-पत्र उपलब्ध गराइनेछ।

६) खानेपानी तथा सरसफाई:

  • “एक घर एक धारा” को अबधारण अन्तर्गत सम्पूर्ण शहर तथा गाउँटोलहरुमा शुद्ध खानेपानी वितरण गरिनेछ।
  • चौक बजारमा व्यवस्थित सार्वजनिक शौचालयहरु निर्माण गरी जल निकासलाई विशेष प्राथमिकता दिइनेछ।

७) युवा तथा खेलकुद:

  • सञ्चालनमा रहि आए‌को दुधे रंगशाला र कनकाई खेल मैदानको स्तर उन्नति गरि झापा गाउँपालिकामा एक व्यवस्थित खेल मैदानको निर्माण गरिनेछ।
  • प्रत्येक बढ़ामा एक खेलमैदान र एक खुल्ला व्यायामशालाको निर्माण गरिनेछ।
  • प्रत्येक वर्ष क्षेत्रिय खेलकुद कार्यक्रमको आयोजना गरी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ।
  • शैक्षिक बेरोजगार युवाहरुलाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी कार्यन्वयन गरिनेछ।

८) महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिक :

  • प्रत्येक वडामा बालक्लव, महिला समूह, ज्येष्ठ नागरिक चौतारी र अपाङ्गमैत्री सामुदायिक भवन निर्माण गरी स्वास्थ्य सेवा, कानुनी सेवा, मनोसामाजिक परार्मश सेवाका साथै मोरञ्जनको वातावरण प्रदान गरिनेछ।

९) दलित तथा अल्पसंख्यक:
*दलित तथा अल्पसंख्यक समुदायको शसक्तीकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा ल्याइनेछ।

  • समाजमा रहेको कुरीति, अन्धविश्वास र छुवाछुत प्रथालाई अन्त्य गर्न चेतनामुलक जनजागरण कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछन्।

१०) उद्योग वाणिज्य तथा यातायात:

  • साना, मझौला र ठूला उद्योग तथा व्यवसायहरु स्थापना गर्नका लागि लगानीकर्ताहरु लाई सस्तो व्याजमा ऋण तथा अनुदानको व्यवस्था प्रभावकारी ढङ्गले कार्यन्वयन गरिनेछ।
  • उद्योग-धन्दा, कल-कारखाना तथा सम्पूर्ण व्यापार व्यवसायको संरक्षणका लागि स्पष्ट ऐन कानूनको तर्जुमा गरी पूर्ण सुरक्षा तथा क्षतिपूर्तिको प्रबन्ध मिलाइनेछ।
  • विद्युतिय सवारी साधनको पहुँचलाई सर्वशुलभ गराईनिछ।
  • कम्तिमा एक पालिका एक ठूलो उद्योग अनिर्वाय रुपमा सञ्चालनमा ल्याउन पहल गरिनेछ।

११) आदिवासी तथा जनजाति:

  • आदिवासी जनजातिहरुको लिपी, भाषा र संस्कृक्तिको संरक्षण र संबर्द्धन गरिनेछ।

१२) कला, भाषा संहित्य र संस्कृति:

  • यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनजातिहरुको भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र संबर्द्धन गर्न विभिन्न बाङ्मय प्रतिष्ठानह‌रुको स्थापना गरिनेछ।
  • विभिन्न जनसमुदायहरुको परम्परा, रितिरिवाज तथा संस्कृति झल्काउने चाड पर्वहरुको संरक्षण र संवर्द्धनमा विशेष जोड दिईनेछ।

१३) पर्यटन तथा धार्मिक स्थल:

  • यस क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई ल्याण्ड लिङ्क गराउदै प्रत्येक वर्ष क्रमिक रुपमा धार्मिक महोत्सवहरु आयोजना गरी पर्यटनलाई प्रवर्द्धन गरिनेछ।
  • स्थानीय सामुदायिक तथा निजी पर्यटकीय स्थलहरुको विकास तथा प्रवर्द्धनमा जोड दिई राष्ट्रिय तथा अन्तराष्ट्रिय आकर्षणको केन्द्रविन्दू बनाईनेछ।
  • प्रकृतिले दिए‌को उनुपम हरियाली चुरे क्षेत्रको संरक्षण सहित दक्षिणी मोह‌डाको बिचबाट पूर्व पश्चिम पैदल मार्ग बनाई पयर्टन प्रवर्द्धन गरिनेछ।

१४) उर्जा, विद्युत तथा आकस्मिक सेवा :

  • विजुली बत्ती नपुगेका गाउँ बस्तीका नव टोलहरुमा यथासिघ्र विद्युत विस्तार गरिनेछ।
  • आम जनसमुदायलाई ३० यूनिटसम्मको विद्युत महशुल निःशुल्क उपलब्ध गराउन पहल गरिनेछ।
  • यस निर्वाचन क्षेत्रमा एम्बुलेन्स, बारुण बन्त्र, शव बाहान र रक्त सञ्चार सेवा अत्यन्त सरल र सहज ढङ्गले उपलब्ध गराउन पहल गरिनेछ।

१५ ) सूचना, सञ्चार तथा प्रविधि:

  • सूचना तथा सञ्चार प्रणालीलाई आधुनिकीकरण गर्दै स्वतन्त्र पत्रकारिताको प्रत्याभूति दिलाईनेछ।
  • अनलाईन प्रविधिबाट भैरहेको राजश्व संकलनलाई घरबाटै अशुलीका लागि ई-पेमेन्टको व्यवस्था मिलाउन पहल गरिनेछ।
  • यस क्षेत्रका बजार, सामुदायिक विद्यालय र सार्बजनिक महत्वका स्थलहरुमा निःशुल्क ईन्टरनेटको पहुँच पुर्याई प्रविधिमैत्री समाजको निर्माण जोड दिइनेछ।

१६) नदी नियन्त्रण तथा प्राकृतिक प्रकोप:

  • कन्काई, विरिङ्ग, कमल, बनयानी लगायत यस क्षेत्रका साना ठुत्ता नदीहरुलाई तटबन्धन गरी नियन्त्रण गरिनेछ।
  • कन्काई नदीको दुबै तर्फ दोमुखादेखि झापा कुज्जीबारी हुँदै बोर्डरसम्म हरियाली सहितको बाँध/सडक बनाई खेती योग्य जमिनको संरक्षण गर्दै पयर्टनलाई प्रवर्द्धन गरिनेछ।
  • जङ्गली हात्तीबाट बच्न प्रभावित क्षेत्रका जनतालाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनुका साथै दीर्धकालिन छेकबारहरुको प्रबन्ध मिलाउन पहल गरिने छ।

१७) बन तथा वातावरण:

  • प्राकृतिक वनजङ्गलको संरक्षण गर्नुका साथै सामुदायिक वनहरुलाई प्रभावकारी र अधिकार सम्पन्न बनाउन आवश्यक कानुन निर्माण गरी कार्यान्वय गराइने छ ।
  • विभिन्न जडीबुटीहरुको उत्पादन तथा प्रसोधन गरी निर्यात गर्नका लागि सम्बन्धित उद्यमीह‌रुलाई राज्य कोषवाट अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
    *जलवायु परिर्वतन र यसको असर सम्बन्धमा बैज्ञानिक अध्ययन गरी योजनाबद्ध रुपले न्यूनिकरण गर्दै कार्बन उत्सर्जन घटाई अर्न्तराष्ट्रिय स्तरको अनुदान प्राप्त गर्न प्रयत्न गरिनेछ।

१८) मजदूर:

  • उद्योग तथा कल-कारखाना लगायत सम्पूर्ण संघ-संस्थामा कार्यरत श्रमजीवी मजदूरहरुको दुर्घटना बिमा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने गराइने छ।
  • योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रका सम्पूर्ण कर्मचारी तथा मजदूरहरुलाई संलग्न गराई कार्यान्वयन गर्न गराउन पहल गरिनेछ।

१९) बौद्धिक सम्पतिको संरक्षण:
विदेशबाट फर्किए‌का युबा, अवकास प्राप्त निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी लगायत नागरिकहरुको ज्ञान सिपलाई यस क्षेत्रको विकासका लागि विशेष योजना तर्जुमा गरी बौद्धिक सम्पतिको रुपमा सदुपयोग तथा संरक्षण गरिनेछ।