सुरुङ्गा , ८ चैत / झापाको कनकाई नगरपालिका २ स्थित ह्यापीलेण्ड फनपार्कमा शनिबार दुई समूहबीच झडप भएको छ ।
इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद मनाउन ह्याप्पी ल्यान्डमा भेला भएका दुई समूह बिच डिजे बजाएर नाच्ने क्रममा विवाद हुँदा झडप भएको हो ।

दिउँसो करिव ३ बजेको समयमा ह्यापिलेण्डमा रमाईलो गरिरहेका छिमेकी गाउँ बाह्रदसी र झापा गाउपालिकाका दुई समूह बिच एक अर्कामा जिस्काएको निहुमा झडप भएको र उनिहरुलाई पार्क प्रशासनले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको पार्कका म्यानेजर लक्ष्मण सापकोटाले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झडपमा पाँचजना घाइते भएका छन् भने प्रहरीले छ जनालाई पक्राउ गरेको जनाएको छ ।

झडपमा झापा गाउँपालिका-५ बस्ने १८ वर्षीय मानारुल आलम, सोही ठाउँ बस्ने १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका छन् । घाईतेलाई सुरुङ्गा स्थित प्रधान मेडिकलमा प्रथमिक उपचार पछि थप उपचारको लागि बिर्तासिटी अस्पतालमा लगीएको छ ।

प्रहरीले बाह्रदशी-४ बस्ने १९ वर्षीय साहिद खान, सोही ठाउँ बस्ने १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ ।