सुरुङ्गा नयाँबस्तीमा सवारी दुर्घटना ,१ जनाको मृत्यु ६ जना घाइते

ठोस खबर , ८ बैशाख / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा नयाँ बस्ती क्षेत्रमा मंगलबार दिउँसो अन्दाजी ११:३० बजेको समयमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिर्तामोडबाट सुरुङ्गा तर्फ आउदै गरेको प्र१-०१-००१ह ८२५२ न.को अटो अनियन्त्रित भइ बिपरित दिशाबाट जादै गरेको मे ५ प ६६२० नं. को मोटरसाइकलमा समेत ठोक्किन गई दुर्घटना हुँदा गम्भीर घाईते भएकी हल्दिबारी गाउपालीका ३ बस्ने बर्ष ६८ की मन्जुधरी ढकालको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

दुर्घटनामा अटोमा सवार झापा हल्दिबारी गा.पा.३ बस्ने बर्ष ५७ को जिवन ढकाल , बर्ष ५० की हरीमाया ढकाल , बर्ष ३५ की भिमा ढकाल , माधब ढकालको छोरा बर्ष १३ को रोजन ढकाल , विनोद नेपालको छोरा बर्ष १३ को प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गा.पा. ६ बस्ने बर्ष ३७ को चन्द्र ब. खत्री घाईते भएको र घाईते मध्ये जीवन ढकालको सुरुङ्गा स्थित प्रधान मेडिकलमा र अन्यको B&C अस्पताल बिर्तामोडमा उपचारभईरहेको वताईएको छ ।
इलाका प्रहरी कार्यलय सुरुङ्गाबाट खटिएको प्रहरी टोलिले अटो, मोटर साईकल र अटो चालक हल्दिबारी गाउपालिका ३ बस्ने बर्ष ४६ को खेमराज गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।
