कनकाई /अासन्न मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं. ४ का प्रतिनिधीसभा तथा प्रदेश सभाका उम्मेदवार संग नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)झापाले आदिवासी जनजाति प्रत्रकार महासंघ (फोनिज) झापाको सहकार्यमा अादिवासी जनजातिका अधिकार संबन्धमा उम्मेदवारको धारणा बिषयक अन्तरक्रिया सम्पन् गरेको छ ।

बुधबार सुरुङको कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरीले औचित्यमाथी प्रकाश पार्दै संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरे पनि कार्यान्वनमा नआएको, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को धारा १६९ मा उल्लेख भएका आदिवासी जनजातिका हक अधिकारलाई बेवास्ता गरिएको लगायतका आदिवासी जनजातिसँग जोडिएका स्थानीय र राष्ट्रिय मुद्दाहरुलाई समेटेर झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेदवारहरु संग अन्तरक्रिया राखिएको गरिएको बताए ।
उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र यसको को धारा १६९ मा उल्लेख भएका आदिवासी जनजातिका हक अधिकारबारे समेत सहभागीलाई प्रस्ट्याएका थिए ।

कार्यक्रममा लोकतान्त्रिक वाम गठवन्धनबाट झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार देउकुमार थेवे , झापा क्षेत्र नं.४ (क) प्रदेशसभा सदस्य पदका उम्मेद्वार झलकसिंह दर्लामी , हाम्रो नेपाली पार्टीका स्वतन्त्र झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार युक्तप्रसाद भेटवाल, जनता समाजवादी पार्टी झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हर्कराज खालिङ राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका झापा क्षेत्र नं.४ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार राजा आङ्थुपोलगायतले आदिवासी जनजातिहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा लोकतान्त्रिक वाम गठवन्धनबाट झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार देउकुमार थेवेले आदिवासी जनाजातिले उठाउँदै आएका पहिचानका मुद्दालाई सम्वोधन गर्ने प्रतिवद्धता जनाए । आफू पनि आदिवासी जनजाति समुदायको भएकाले आदिवासी जनजातिले उठाउँदै आएका पहिचानका मुद्दाबारे जानकार रहेको बताउँदै उनले जनताको मतले आफू बिजयी बनेर संसदमा पुगेपछि ति मुद्दालाई सम्बोधन गर्न प्रतिवद्ध रहेको जनाए । दमकको आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन नगर्न आफू प्रतिवद्ध रहने बताउँदै उनले त्यसका लागि लोकतान्त्रिक वाम गठवन्धनबाट बनेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । हाम्रो नेपाली पार्टीका स्वतन्त्र झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार युक्तप्रसाद भेटवालले आदिवासी जनजातिले उठाउँदै आएका माग पूरा गर्ने प्रतिवद्धता जनाए । जनता समाजवादी पार्टी झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हर्कराज खालिङ राईले आदिवासी जनजातिका हक अधिकार स्थापित गराउन आफू र आफ्नो पार्टी लागीपर्ने प्रतिवद्धता जनाए । लोकतान्त्रिक वाम गठवन्धनबाट झापा क्षेत्र नं.४ (क) प्रदेशसभा सदस्य पदका उम्मेद्वार झलकसिंह दर्लामीले आदिवासी जनजातिलाई अधिकारसम्पन्न बनाउन आफूले महत्वपूर्ण सहयोग गरेकाले आफू पुःन बिजयी भए सहयोग निरन्तर जारी रहने बताए । उनले आफूले प्रदेश सभाको निर्वाचनमा जितेर गए प्रदेश नं. १ को नामाकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका झापा क्षेत्र नं.४ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार राजा आङ्थुपोले आफूले प्रदेश सभाको निर्वाचनमा जितेर गए प्रदेश नं. १ को नामाकरण पहिचानका आधारमा गर्ने बताए ।

सोही कार्यक्रममा तमु ह्योल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कनकाई नगर समितिलगायतका जातीय संस्थाले झापा क्षेत्र नं. ४ का प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेदवारहरुलाई ज्ञापनपत्र बुझएका थिए । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेफिन झापाका उपाध्यक्ष तथा कार्यक्रम सहसंयोजक रोहित खवासले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन झापा क्षेत्र नं. ४ का कार्यक्रम संयोजक तथा नेफिन झापाका सचिव लक्ष्मणज्वयल श्रेष्ठले गरेका थिए ।