एकता वडा बाल संजालको अध्यक्षमा अनिश भट्टराई

ठोस खबर , १७ बैशाख / सुनिश्चित बालमैत्री बानी व्यवहार , सुखी र समृद्धि कनकाईको आधार मूल नाराका साथ कनकाई नगरपालिका वडा नम्बर ५ मा स्थापना भएको एकता वडा बाल सञ्जालको अध्यक्षमा अनिश भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।

एकता बाल सन्जालको अध्यक्ष निक्षा निरौलाको अध्यक्षतामा बिहिबार कनकाई नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा सम्पन्न पुनर्गठन तथा नेतृत्व विकास तालिम कार्यक्रमबाट अनिश भट्टराईको नेतृत्वमा १३ सदस्य वडा बाल सञ्जाल सर्वसम्मत चयन भएको हो ।
वडा भित्रका सबै बिद्यालयका बालबालिकाको प्रतिनिधित्व गरी र बडाका अन्य बालबालिकाहरुलाई समेत समेट्दै पुनर्गठित एकता बालसञ्चलको उपाध्यक्षमा आरती सेलवाल , सचिवमा प्रधुम्न आचार्य , सहसचिवमा कुसुम घिमिरे र कोषाध्यक्षमा अनुष पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा बिमल बिक , आरती कार्की , शिक्षा नेपाल , प्रज्ञा प्रसाई , रोनिश पौडेल , आर्यन अधिकारी र प्रसुना रसाइली सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक निक्षा निरौलाले जानकारी दिनुभएको छ ।
वडा बाल सञ्जाल पुनर्गठन भएसँगै कार्यक्रममा उपस्थित बालबालिकाहरूलाई नेतृत्व विकास तालिम समेत प्रदान गरिएको छ । तालिममा प्रशिक्षक जिल्ला बाल सन्जालका पूर्व अध्यक्ष समेत रहेका अभिषेक मिश्रले सहजीकरण गर्नुभएको थियो ।

कनकाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर राईको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राई अतिथिहरु कार्यपालिका सदस्य सावित्रा बर्देवा , भगवती आधारभूत विद्यालयका शिक्षक राजेन्द्र प्रसाद भण्डारी , नगर बालसञ्जालका अध्यक्ष आदित्य बुढाथोकी , एकता वडा बाल सञ्जालका पूर्व अध्यक्षहरू नितेश गौतम , एलिसा पाठक लगायतले बालबालिकाको हकहित र संरक्षणका लागि वडामा स्थापना भएको एकता बालसञ्जालले बालविवाह , बालश्रम लगायतका बाल अधिकार हनन् हुने गरिका कार्यहरूमा खबरदारी गर्दै आएको र बालअधिकारका मुद्दाहरूमा निरन्तर अघि बढ्दै आएकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ बनेको कार्यसमितिलाई बाल अधिकारका विषयमा अझ तदारुक्ताका साथ लाग्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ५ का वडा सदस्यहरू गोविन्द कार्की , इन्दिरा अधिकारी , बेनु बाजा माविको शिक्षक सपना खनाल , बालबालिका फोकल पर्सन डिल्लु बिक , कर्मचारी निर्मला बास्कोटा , तिर्सना मिश्र लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत सञ्जालका उपाध्यक्ष अनिश भट्टराईले गर्नुभएको थियोे भने कार्यक्रम संचालन सचिव आरति सेलवालले गर्नु भएको थियो ।
