ठोस खबर , १२ बैशाख / सामाजिक व्यक्तित्व भवानि शंकर निरौलालाई सर्वसम्मत अध्यक्ष चयन गर्दै झापाको कनकाई नगरपालिका ४ शान्ति टोलमा रहेको श्री कृष्ण परोपकार संस्थाको १८ अौ साधारणसभा तथा ११ अौ अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष टिकाराम अधिकारीको अध्यक्षतामा शनिवार संस्थाको सभाहलमा सम्पन्न भएको अधिवेशन सहितको साधरणसभावाट अध्यक्षमा निरौला सहितको ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा देवि भण्डारी , सचिवमा नम्रता उप्रेती दाहाल , कोषाध्यक्षमा खगेन्द्रकुमार श्रेष्ठ र सहसचिवमा मुना ढुङ्गेल सर्वसम्मत चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा रामकुमार दाहाल , हरिबहादुर कुँवर , मिरा कार्की र पिंगला दाहाल सापकोटा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक खड्क बिमलीले जानकारी दिनुभएको छ ।

साधारणसभाकै अबसर पारेर संस्थाले सम्मान कार्यक्रमलाई निरन्तरता दिदै जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जसमा पुरुष तर्फ संस्थाका आजिवन सदस्य रहनुभएका जेष्ठ पिता टेकबहादुर अधिकारीलाई संस्थामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो छ भने महिला तर्फ लिला माया कार्कीलाई छनौट गरिएको र उहाँलाई कुनै अवसर पारेर सम्मान गरीने भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकाराम अधिकारीले संस्थाले गरेका कार्यहरुको प्रगति विवरण साथै भावी कार्ययोजना सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
त्यसैगरी कोषाध्यक्ष खगेन्द्र कुमार श्रेष्ठले संस्थाको २०८१/ २०८२ को २ लाख ४८ हजार चारसय चालिस रुपैयाँ बराबरको प्राप्ति तथा भुक्तानी विवरण समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त दुबै प्रतिवेदन हलबाट पारित समेत भएको छ ।

कार्यक्रममा नयाँ कार्यसमितिलाई बधाई , शुभकामना दिदै कार्यक्रमका अतिथि , जग्गा दाता शैक्षिक एवं सामाजिक व्यक्तितव डा. पुण्यप्रसाद पौडेल , संस्थाका पुर्व अध्यक्ष शुरेस कुमार गुरुङ्ग लगायतले विभिन्न आरोह अवरोह पार गर्दै संस्था अगाडि बढ्दै गएकोमा यस अवस्थामा संस्थालाई ल्याउन योगदान दिनेहरुसबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

संस्थाका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको अौचित्यमाथी प्रकाश संस्थाको उपाध्यक्ष रामजी देवि गौतमले पार्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव होमनाथ पराजुलिले गर्नु भएको थियोे ।