ठोस खबर , ९ चैत्र / झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको पुर्व सन्ध्यामा शाखागत रुपमा विभिद कार्यक्रम आयोजना गरेको छ ।

संस्थाको चैत्र ११ गतेको बार्षिक उत्सबको पुर्व सन्ध्यामा शाखागत रुपमा कार्यक्रम आयोजना गरेको हो । यसैबिच संस्थाले आईतबार कनकाई ३ स्थित सुरुङ्गामा रहेको सेवा केन्द्रमा १७ औं स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरेको छ ।

साकोसका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता तथा सुरुङ्गा सेवाकेन्द्रको ज्येष्ठ शेयर सदस्य टिमामाया दाहालको प्रमुख आतिथ्यतामा संस्थाको कार्यलय परिसरमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै बार्षिक उत्सबको अवसरमा समुदाय प्रति उत्तरदायी बन्दै हरेक बर्ष सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बितरण गरिदै आएको झोला वितरण कार्यलाई समेत निरन्तरता दिईएको छ ।
जस अन्तर्गत यस बर्ष कनकाई नगरपालिका २ मा रहेको जानकी आधारभुत बिद्यालय सुकेडाँगीमा अध्ययनरत लक्षित बर्गका २५ जान बिद्यार्थीलाई बिद्यालयमै पुगेर झोला बितरण गरिएको सुरुङ्गा सेवाकेन्द्र प्रमुख सविन ढुङ्गेलले जानकारी दिनुभएको छ ।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमा सहजिकरण संस्थाका प्रशासन अधिकृत धुर्व (भगिरथ) अधिकारीले गर्नु भएको थियो भने संस्थाको अधिकृत गायत्रा ढकालले सुरुङ्गा सेवाकेन्द्रको बिबरण प्रस्तुत गर्दै सुरुङ्गा सेवाकेन्द्रमा १ हजार एकसय त्रिसट्ठी जना शेयर सदस्य रहेको र ६ करोड १२ लाख बराबरको कारोबार रहेको जानकारी दिनु भयो । तेस्तै संस्थाको ऋण लगानी ५ करोड ५७ लाख र बचत ४ करोड १५ लाख बराबर रहेको उहाले बताउनु भयो ।

झापाको सुरुङ्गा , झिलझिले , गौरादह र मोरङको उर्लाबारीमा सेवा केन्द्र रहेको साकोसले दमकको मुख्य कार्यालयसहित ५ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको र स्थापना दिवसको पुर्वाद्धमा सबै शाखामा कार्यक्रम सम्पन्न गरि चैत ११ गते मुख्य कार्यालय दमकमा भव्यरुपमा स्थापना दिवस मनाईने संस्थाका प्रशासन अधिकृत धुर्व (भगिरथ) अधिकारीले जानकारी दिनु भएको छ ।
सो दिन सेयर सदस्य सम्मान तथा पुरस्कार वितरण , निशुल्क आँखा र दन्त्त परिक्षण साथै रक्तदानको कार्यक्रम समेत आयोजना गरिएको पनि अधिकारीले जानकारी दिनु भएको छ ।
संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि टिमामाया दाहाल , संस्थाका उपाध्यक्ष संजिब कुमार रिमाल , सुरुङ्गा सेवाकेन्द्र बजार व्यवस्थापन उपसमिती सदस्य शान्ता देवी अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत सुरुङ्गा सेवाकेन्द्र सन्चालन संयोजक भरत कुमार ढकालले गर्नु भएको थियोे ।