कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनद्वारा प्रतिभा सम्मानसँगै विद्यार्थीलाई छात्रवृत्ति वितरण

ठोस खबर ,११ जेठ / कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा प्रतिभा सम्मान पुरस्कार साथै छात्रवृत्ति वितरण कार्यक्रम गरेका छन ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनले शनिवार कोटिहवन स्थित ठाडाराई अधिकारी भवनको सभाहलमा संयुक्त रुपमा कार्यक्रम गर्दै झापा जिल्लामा २०८२ सालमा प्रकाशित भएको एक कृतिका कृतिकारलाई नगद सहित सम्मान गर्नुका साथै छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा साहित्यिक कार्यक्रम गर्दै आयोजकको आह्वानमा कार्यक्रम पुर्वनै आयोजकलाई प्राप्त भएका झापा जिल्ला भित्रबाट २०८२ सालमा प्रकाशीत प्राप्त कृतिमध्ये साहित्यकार विष्णु कोईरालाको सम्योजकत्व साथै प्रा. डा. गंगा अधिकारीको र डिपी शर्मा समेतको तीन सदस्यीय छौनौट समितीको छनौटमा परेको कविता संग्रह “मान्छे बेच्ने देश” का कृतिकार विरही अधिकारिलाई नगद ३० हजार सहित सम्मान पत्र र खादामालले कार्यक्रमका प्रमुख अतिथी सतासी साहित्य संगम दुधेका अध्यक्ष उमानाथ दाहाल , कनकाई प्रतिभा प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष डा. पुण्यप्रसाद सिग्देल , नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्र पाठक , कनकाई प्रतिभा प्रतिष्ठानका संस्थापक वरिष्ठ साहित्यकार कोमल प्रसाद पोखरेल लगायतले सम्मान गर्नु भएको थियोे ।
छनौटमा परेको कृतिकाबारेमा छनौट समितिका सदस्य डिपी शर्माले स्पस्ट पार्नु भएको कार्यक्रममा कविहरु टंक विकल्प ,मिना अधिकारी , खड्गबहादुर खड्का , गोपाल प्रसाद दाहाल , मुक्ति अस्तित्व , विनोद खनाल लगायतले कविता वाचन गर्नु भएको थियोे ।
कार्यक्रमको दोस्रो चरणमा नारायणी मेमोरियल फाउन्डेसनले फाउन्डेसन स्थापना भए यता हरेक बर्ष झापा , मोरङ्ग , तेह्रथुम र ताप्लेजुङमा बितरण गर्दै आएको शैक्षिक छात्रवृत्ति अन्तरगत झापामा वितरण गरिने छात्रवृत्ति समेत वितरण गरिएको थियोे । जस अन्तर्गत झापाका बिभिन्न पालिकाका बिद्यालयबाट छनौटमा परेका ४७ जना बिद्यार्थीलाई फाउन्डेसन अन्तरगत रहेर अक्षयकोष स्थापना गर्नुहुने दाताहरुले छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।
यो छात्रवृत्ति झापा , मोरङ्ग , तेह्रथुम र ताप्लेजुङमा गरी पहिलो बर्ष २५ जना विद्यार्थीबाट सुर गरिएको, अहिले १०० जना विद्यार्थीलाई दिईदै आएको र हरेक बर्ष छात्रवृत्ति पाउने बिद्यार्थी संङ्या थपिदै जाने फाउन्डेसनका सचिव अधिवक्ता प्रदिप पाठकले जानकारी दिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्नुहुने सफल विद्यार्थीलाई कक्षा ६ बाट सुरु गरी कक्षा १२ पास गर्दा सम्म हरेक बर्ष निरन्तर छात्रवृत्ति प्रदान गरिने पनि सचिव पाठकले वताउनु भएको छ ।
नारायणी मेमोरियल फाउन्डेसनले शिक्षा , साहित्य , स्वास्थ्य र सामाजिक छेत्रमा काम गर्दै आएको छ । यसरी काम गर्ने क्रममा साहित्य तर्फ तेह्रथुममा तेह्रथुम साहित्य संगम आठराई र झापामा कनकाई प्रतिभा प्रतिष्ठान संग जोडिएर काम गर्दै आएको र अन्य छेत्रमा फाउन्डेसन आफैले काम गर्दै आएको नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष बरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले जानकारी दिनु भएको छ ।
कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि सतासी साहित्य संगम दुधेका अध्यक्ष उमानाथ दाहालले नारायणी मेमोरियल फाउन्डेसनले गरेको पुण्य कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नु भयो ।
अतिथिहरु साहित्यकार पुण्यप्रसाद खरेल , नवराज घिमिरे , देविभक्त श्रेष्ठ , गिरिराज सेर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्लाभरबाट प्रतिनिधि मुलक रुपमा साहित्यकारहरु , फाउन्डेसनका अक्षयकोषदाता परिवार , बिभिन्न बिद्यालयका प्रअ तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियोे ।
कनकाई प्रतिभा प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई कनकाई प्रतिभा प्रतिष्ठानबाट निर्मल खतिवडाले शब्द मार्फत स्वागत गर्नु भएको थियो भने नारायणी मेमोरियल फाउन्डेसनका कलाकारहरूले स्वागत गीत मार्फत स्वागत गर्नुभएको थियोे । कार्यक्रमको संचालन कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपाने र नारायणी मेमोरियल फाउन्डेसन छात्रवृत्ति कोषका सचिव रामकुमार पाठक द्वयले गर्नुभएको थियो ।
