झापा / करेन्ट लागेकी श्रीमतीलाई बचाउन खोज्दा अर्जुनधारा ९ कटहरडाँडाका २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर कुटी काटिरहेकी अमृतकी पत्नी २२ बर्षिय ममता रेग्मी लाई करेन्ट लागेको देखेपछि अमृत बचाउन गएका थिए । पत्नीलाई बचाउन जादा आफै करेन्ट लागेर अमृत गम्भीर घाइते भएका थिए ।

तत्कालै उपचारका लागि लैजाँदै गर्दा अमृतको मृत्यु भयो । उनकी पत्नी ममताको हाल बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इलाम–२ स्थायी घर भएका रेग्मी दम्पत्ति हालसालै अर्जुनधारा–२ कटहरडाँडामा आएर बसोबास गरिरहेका थिए ।