ठोस खबर , २१ जेठ / झापाको कनकाई नगरपालिका पाँचमा रहेको भगवती आधारभूत विद्यालयले विविध कार्यक्रम गर्दै आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयको चौबिसौँ वार्षिक उत्सवको अवसर पारेर विद्यालयले जेठ १८ , १९ र २० गते त्रिदिवसीय विविध कार्यक्रम गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
जस अन्तर्गत जेठ १८ गते विद्यार्थीहरुलाई विविध अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउँदै कार्यक्रम गरिएको थियो भने जेष्ठ १९ गते विद्यालयका अभिभावकहरु लाई विभिन्न क्रियाकलापहरू म्युजिकल चेयर , छेलो हान्ने , वाती कात्ने , नृत्य लगायतका कार्यक्रमहरूमा सहभागी गराइएको थियो । त्रिदिवसीय कार्यक्रम अन्तर्गत तेस्रो अथवा अन्तिम दिन जेठ २० गते भव्य औपचारिक कार्यक्रम गर्दै विद्यालयले २४ अौ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन गरेको छ ।
कनकाई नगरपालिकाको उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद बिमलिले बिद्यालयको गतिविधि , भावी योजना र चुनौती समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा विद्यालयमा अक्षय कोष स्थापना गर्नुहुने १८ भन्दा बढी अक्षय कोष दाताहरूको अक्षय कोषको ब्याजबाट विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । त्यसैगरी गरिब अल्पसंख्यक आदिवासी जनजाति विद्यार्थीहरूलाई सरकारले प्रदान गर्दै आएको छात्रवृत्ति प्रदान गर्नुको साथै विद्यालय पोशाक समेत वितरण गरिएको थियो ।
बर्षिकोत्सबकै अवसरमा विद्यालयको वर्ष उत्कृष्ट शिक्षक धनमाया श्रेष्ठ , कर्मचारी गंगा गजमेर त्यसैगरी विद्यालय सेवा क्षेत्रभित्रका जेष्ठ नागरिक प्रेमप्रसाद पाठक , विद्यालयमा सबैभन्दा बढी उपस्थित भई विद्यालयलाई सल्लाह सुझाव प्रदान गर्नुहुने शिक्षक अभिभावक संघका अध्यक्ष भरतराज गहतराजलाई विद्यालयले सम्मान गरेको छ । त्यस्तै विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू , अनुशासनमा रहने विद्यार्थी र सरसफाईमा ध्यान दिने विद्यार्थी त्यसैगरी विद्यालयमा सबैभन्दा बढी उपस्थित हुने विद्यार्थी लाई समेत पुरस्कृत गरिएको थियो ।
तेस्तै जेठ १८ र १९ गते बिद्यालयमा आयोजित बिद्यार्थीहरुको प्रतियोगितात्मक अतिरिक्त कृयाकलाप र अभिभावकहरुको प्रतियोगितात्मक कृयाकलापमा प्रथम , द्वितीय र तृतीय हुने बिद्यार्थी तथा अभिभावकलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा शिक्षक , अभिभावक र बिद्यार्थीहरुवाट गित , नृत्य , मन्तव्य , चुड्कीला लगायतका कला प्रस्तुत गरि उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर उपप्रमुख आशाशर्मा शिवाकोटी , विशिष्ट अतिथीहरु कनकाई नगरपालिका वडा नं. ५ मा वडा अध्यक्ष कृष्णबहादुर राई , नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी , नगर शिक्षा समिति सदस्य ओम पाठक , कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेमप्रभात न्यौपाने लगायतले बिभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम सेलवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर क्षेत्रका सामुदायिक बिद्यालयका प्रअ तथा प्रतिनिधि , अक्षयकोषदाता , शैक्षिक एवं सामाजिक ब्यक्तित्व , अभिभावक लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई भगवती स्काउट दलका बिद्यार्थीले सलामी अर्पणगर्दै स्वागत गर्नुभएको थियो भने स्वागत गित मार्फत समेत बिद्यार्थीहरुले स्वागत गर्नुभएको थियो । कार्यक्रम संचालन बिद्यालयका शिक्षक रामकुमार पाठकले गर्नु भएको थियोे ।