ठोस खबर ,१३ जेठ /झापाको गौरादहमा आफै अध्ययनरत बिद्यालयको बसको ठक्कर बाट एक बिद्यार्थीको मृत्युु भएको छ ।
मृत्यु हुनेमा गौरादह न.पा.७ फगेटीका खड्ग चिमरियाका ४ बर्षिय छोरा आरोग्य चिमरिया रहेका छन ।

गौरादह नगरपालिका स्थित सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्वरको बसले सोही बिद्यालयमा अध्ययनरत चिमरियालाई बुधबार बेलुका ५ बजेको समयमा बसबाट घर लगि ओराले र बस गुडाउने क्रममा सोही बसले ठक्कर दिदा चिमरियाको घटनास्थलमै मृत्यु भएको झापा प्रहरिले जानकारी दिएको छ ।

घटना पछि उक्त बस र बस चालक स्थानीय वर्ष ५७ का लाल बहादुर बस्नेतलाई इलाका प्रहरी कार्यलय गौरीगंजले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको र घटनाको अनुसंधान जारि रहेको प्रहरिले बताएको छ ।