ठोस खबर , २२ जेठ / कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली झापाको झापा गाउँपालिकास्थित रानी सामुदायिक वन समुहमा विश्व वातावरण दिवशमा आयोजित विशेष कार्यक्रमका विच रोटरी उत्कृष्ट हेमकला टिकाराम पत्रकारिता पुरस्कारबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।

रानी सामुदायिक वन झापा गाउँपालिकामास्थित रानी वनमा विश्व वातावरण दिवशको अवशरमा बिहिवार रोटरी क्लव अफ कनकाई सुरुङ्गा द्वारा आयोजित कार्यक्रममा झापालीलाई नगद १५ हजार १ सय ५ रुपैँया सहित सम्मानित गरिएको हो ।

झापालीलाई झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, रोटरी क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, झापा गाउँपालिका ६ का वडाअध्यक्ष नविन थापा, ७ का वडाअध्यक्ष सखिचन ठाकुर, रोटरी क्लवका अध्यक्ष डिल्लीराम मैनाली लगायातले नगद सम्मानपत्र र दोसल्ला सहित सम्मान गर्नुभएको हो । सम्मानित तथा पुरस्कृत झापाली विगत अढाई दशकदेखि झापाको कनकाई नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहनुभएको छ ।
उहाँ गोरखापत्र दैनिकको संवाददाता तथा कनकाई सुरुङ्गा प्रेस क्लवका समेत अध्यक्ष रहनुभएको छ ।

रोटरीका सचिव तथा पत्रकार रामप्रसाद निरौलाले आफ्नी माता हेमकला निरौला साथै पिता टिकाराम निरौलाको नाममा स्थापना गर्नुभएको उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु दिपिन राई, तीर्थराज खरेल, मोहनकाजी न्यौपाने तथा रेजिना रोदन पुरस्कृत हुनुभएको छ ।

यसै अवशरमा झापा गाउँपालिकाको एक्लो उक्त सामुदायिक वन समुहमा रोटरी क्लवले विश्व वातावरण दिवशको अवशर पारेर ५० थान थप टिक जातका विरुवा समेत रोपिएको छ । रोटरी क्लव कनकाई सुरुङ्गाले विगत ५ बर्षदेखि रानी सामुदायिक वन समुहको हाताभित्र निरन्तर रुपमा विरुवा रोपेर संरक्षण समेत गर्दै आइरहेको छ ।
हालसम्म उक्त वनसमुहमा ५ सय भन्दा वढी विरुवा रोपेर गोडमेल समेत गर्दै आइरहेको रोटरी क्लव अप कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष समेत रहनुभएका एलपी उप्रेतीले बताउँनुभयो ।
वातावरण दिवश वृक्षरोपण तथा रोटरी बर्ष उत्कृष्ट पुरस्कारको कार्यक्रममा बोल्दै झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलियाले रोटरीले गरेका हरेक कार्यहरु सर्वोकृष्ट हुने गरेको भन्दै रोटरीकै अगुवाईमा झापा गाउँपालिकाको कुवाडीदेवि माविको करोडौ मुल्यको भवन सम्पन्न भएको तथा रानी सामुदायिक वनभित्र सयौ विरुवा हुर्किसकेको जानकारी दिनुभयो । साथै थपलियाले पत्रकारिता पुरस्कारका कारण यस क्षेत्रको पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा समेत मद्धत पुग्ने विश्वास थपलियाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा झापा गाउँपालिकाका वडाअध्यक्ष सखिचन ठाकुर, रोटरी क्लव अफ कनकाईका संस्थापक अध्यक्ष एलपी उप्रेती, शिक्षक महासंघका अध्यक्ष जग्गनाथ राजवंशी, रानी सामुदायिक वन समुहका अध्यक्ष मदन भण्डारी, सम्मानित पत्रकार लीलाराज झापाली लगायातले शुभकामना मन्तव्य राख्दै पत्रकारिता र पर्यापर्यटनको क्षेत्रलाई जोडेर अगाडि लैजाने तथा रोटरी जस्ता विश्वव्यापी संघ संस्थाहरुको मद्धतबाट पछाडि पारिएका क्षेत्रको दिगो विकासका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा झापा गाउँपालिका ६ का वडाअध्यक्ष नविन थापा, रोटरी क्लव अप कनकाई सुरुङ्गाका पुर्वअध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सुशिलकुमार श्रेष्ठ, शिव कडेँल, लुवराज उप्रेती, ख्याम प्रसाई लगायातको आतिथ्यता रहेको थियोे ।
रोटरी क्लवका अध्यक्ष डिल्लीराम मैनालीको सभापतित्व तथा सचिव रामप्रसाद निरौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।