कनकाई सामुदायिक वनमा निर्वाचन सम्पन्न भएको २० महिना पछि सपथ ग्रहण साथै पद हस्तान्तरण

ठोस खबर , १९ मंसिर / कनकाई सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन सम्पन्न भएको २० महिना पछि निर्वाचन समितिले नव निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण साथै पद हस्तान्तरण गरेको छ ।
वन समुहको प्राङ्गणमा सोमबार नव निर्वाचित समितिका अध्यक्ष ख्याम अोलि , उपाध्यक्ष ललित बहादुर कार्की , सचिव मान्ता खरेल , सहसचिव केशव सङ्ग्रौला , कोषाध्यक्ष श्रीप्रसाद खरेल साथै १७ वटै टोलका टोल संयोजक र सदस्य हरुलाई निर्वाचन समितिका सदस्य रुपनारायण खतिवडाले सपथ ग्रहण गराउनु भएको छ । साथै निर्वाचन समितिका संयोजक टीका प्रसाद पोखरेलले नव निर्वाचित अध्यक्ष ख्याम अोलिलाई माइन्युट प्रदान गर्दै पद हस्तान्तरण गराउनु भएको छ ।

नेकपा एमाले र कांग्रेस नेतृत्वको गठबन्धन बिच ०७७ चैत ३० गते सम्पन्न निर्वाचनको मत गणनाबाट एमालेका ख्याम ओली निर्वाचित भएपछि मत गणनामा धाँधली भएको भन्दै पुन: मत गणनाको माग सहित कांग्रेस पक्षधरले उच्च अदालत इलाममा रिट दर्ता गरेको थियो । अदालतमा मुद्दा दायर भएकोले नव निर्वाचित समुहको सपथ रोकीएको थियो । मत गणनामा असन्तुष्टी जनाउदै पुनः मतगणनाको माग गरेर उच्च अदालत इलाममा दर्ता गरिएको रिट खारेज भएको पत्र अदालतबाट वनलाई प्राप्त भएपछि निर्वाचन सकिएको २० महिना पछि सपथ ग्रहण साथै पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नव निर्वावचित पदाधिकारी हरुलाई निर्वाचन समितिका संयोजक टीका प्रसाद पोखरेल , सदस्य चन्द्र मैनाली भतिज , प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , कनकाई ४ का बडा अध्यक्ष रोशन सुवेदी , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , वन संरक्षक देवराज अोझा लगायतका अतिथिहरुले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

सपथ ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष अोलिले कनकाई सामुदायिक वन उपभोक्त समूहको वन क्षेत्रको माटो परिक्षण गरि वातावरण अनुकुलका वृक्षारोपण गर्ने , दिर्घकालिन सिञ्चाइका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार संगको सहयोगमा भुमिगत सिञ्चाई सोलार पम्प तथा दोमुखाको ड्याम्पबाट वन भित्र पानि सञ्चय गरी सिञ्चाईको व्यवस्थापन गर्ने , चोरी निकासी तथा वन डढेलो नियन्त्रणका लागि उपभोक्ता गस्ति परिचालन गर्ने तथा आवश्यकता अनुसार ससस्त्र वन गस्ति टोली एवम प्रहरीको सहयोगमा वृहत दिवा तथा रात्रीकालिन गस्तिको व्यवस्था गर्ने , वन संरक्षणका लागि वन को वाहिरी क्षेत्रमा प्रार्कतिक तथा कृत्रिम घेरावारको व्यवस्थापन गर्ने , उपभोक्ता वन हेरालु कार्यसमिति तथा टोल सदस्यहरुको गस्ति परिचालन गरी झाडी सफाई गर्ने , कनकाई नगरपालिका संग समन्वय गरी वनभित्र फालिने फोहोर लाई यथासिघ्र कनकाई विर्ता अर्जुन नविकरणीय उर्जामा व्यवस्थापन गर्ने , कनकाई नगरपालिका संगको सहयोगमा वन क्षेत्र तथा अग्नी रेखा मा स्मार्ट लाइट तथा सिसी क्यामेरा जडान गरी उज्यालो र सरक्षित वनाइने विकास निर्माणका कामहरु स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकार भएकाले समूहले आगामी ३ वर्ष भित्रमा विशेष प्राथमिकता साथ ५० हेक्टर वन क्षेत्रलाई हराभरा वनाइने प्रतिबद्धता जनाएका छन ।

त्यसतै अोलीले समूहले अघि सारेको कनकाई सामुदायिक विज्ञान प्रदर्शनी तथा वनस्पती उद्यानलाई ३ वर्ष भित्रमा सम्पन्न गर्ने , कनकाई सामुदायिक वनमा संकलन गरि विक्री सहमति प्राप्त गरेका लकडीलाई प्रत्येक टोललाई जनसंख्याका आधारमा समावेशी रुपमा वितरण गर्ने , गरिवी निवारण अन्तर्गत कनकाई सामुदायिक वनका निम्न स्तरका उपभोक्ता सदस्यहरुलाई सुरुङ्गा कनकाई वचत तथा ऋण सहकारी संस्था संगको सहकार्यमा प्रत्येक वर्ष १०० जना सदस्यलाई सेयर सदस्य वनाईने , निम्न स्तर भएका उपभोक्ताका छोरा छोरी तथा जेहेन्दार विद्यार्थी तथा दिदी वहिनीहरुलाई प्रत्येक वर्ष आवश्यक विशेष तालिमको व्यवस्था गर्ने , कनकाई नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्र निर्माण गर्नकालागि क्रियासिल संग संस्था संग समन्वय गर्दै वनको वरिपरिको क्षेत्रमा सौन्दर्य प्रदायक विरुवा रोपण गर्ने , कनकाई सामुदायिक वन पुस्तकालयलाई अझ व्यवस्थित गर्दै इ लाइवेरीका रुपमा विकास गर्ने समूहका वन हेरालु तथा कर्मचारीलाई समय सापेक्ष रुपमा तालिमको व्यवस्था गर्ने साथै समूहको सम्पूर्ण गतिविधिलाई सामाजिक सञ्जाल मार्फत मर्यादित र पारदर्शि वनाइने लगायतका प्रतिबद्धता गरेका छन ।
नव निर्वाचित समितिलाई प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , कनकाई बचत तथा ऋण सहकारिका अध्यक्ष लक्ष्मि पाठक , वन समुहका पुर्व अध्यक्ष नारायण अोलि लागयतले सफल कर्यकालको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो ।

