कनकाई सामुदायिक वनको २१अौं टोल प्रतिनिधि भेला सम्पन्न

ठोस खबर, ७ पौष / तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको २१अौं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ ।
बिहीबार सामुदायिक वनको सभा हलमा उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद अोलीको अध्यक्षता तथा कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख अातिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वन संग प्रतक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ख्याम अोलिले वन संरक्षण समिति लगायत ९ अौं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
तेस्तै अोलिले अार्थिक बर्ष २०७८/२०७९ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र अागामी दिनमा समुहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू अार्थिक बर्ष २०७९/२०८० मा विभिन्न शिर्षकबाट अाम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित अाय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन भेलामा प्रस्तुत गर्नुभएको थियोे ।

त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्री प्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन भेलामा प्रस्तुत गर्नुभएको थियोे । तेस्तै खरेलले समुहको २०७९/२०८० को अनुमानित अाम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत भेलामा पेस गर्नुभएको थियोे ।

कार्यक्रमा प्रमुख अतिथि कनकाई वडा नं. ३ का बडा अध्यक्ष युवराज चौलागाईं , विशेष अतिथि कनकाई वडा नं. २ का वडा अध्यक्ष बलराम राई , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , अतिथिहरु हरिभक्त सिटौला , नारायण अोली , भीष्म मैनाली , गोविन्द पौडेल , सुर्य उप्रेती लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्ष बाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थीयो । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यलय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालिले सम्हाल्नु भएको थियोे भने प्रमाणीकरण सल्लाहकार द्वय हरिभक्त सिटौला र गोविन्द पौडेलले गर्नु भएको थियोे ।
उक्त प्रतिवेदनमा भेलाले दिएको सल्लाह सुझावलाई समेत समेट्दै समुहको अागामी बार्षिक साधारण सभामा अनुमोदनका लागी पेस गरिने र साधारण सभा कार्यसमितिको बैठक बसी पौष महिना भीत्रैमा गर्नेगरी मिति तय गरिने अध्यक्ष ख्याम अोलिले बताउनु भएको छ ।
कार्यक्रममा उपस्थित अथिति साथै सम्पूर्ण वन समुहमा अावद्ध प्रतिनिधिलाई स्वागत वन समुहका सहसचिव केशव संग्रौलाले गर्नुभएको थियो भने संचालन समुहको सचिव मान्तादेवि काफ्ले खरेलले गर्नु भएको थियोे ।
