सुरुङ्गा , ६ माघ / झापाको कनकाई नगरपालिकामा समाजमा विद्यामान हानिकारक अभ्यासहरूका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
राष्ट्रिय महिला आयोगको आयोजनामा शुक्रवार कनकाईमा बाल विवाह, बहु बिबाह, दाइजो प्रथा, बोक्सीको आरोपलगाएका प्रथाहरू सम्बन्धी एक दिने मधेश केन्द्रित अन्तरक्रिया भएको हो अन्तरक्रिया कार्यक्रम कनकाई नगर बालबालिका शाखा प्रमुख टीका खतिवडाको संयोजनमा भएको थियो ।

जनप्रतिनिधि, मानव अधिकारवादी, नगरका कर्मचारी, प्रहरीसहित करिब ६५ जनाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश नं. १ की कानुन अधिकृत तथा राजस्व फाटकी प्रमुख पुष्पलता उप्रेतीले गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा कानुन अधिकृत तथा राजस्व फाटकी प्रमुख उप्रेतीले महिला हिंसाका घटना देशमै सबै भन्दा धेरै प्रदेश नं. १ मा हुने गरेको जानकारी दिनुभयो । उनले आत्महत्या, बलात्कार, बहुविवाह जस्ता महिला हिंसाका घटना प्रदेश १ मा धेरै हुने गरेको उहाँको जिकिर थियो ।

महिला आयोगकी सदस्य पवित्राकुमारी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सामान्य प्रशासन मन्त्रालयका उपसचिव ओमकार शाहले पार्नुभएको थियोे । अन्तरक्रिया कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल नगर उपप्रमुख आशा शर्मा शिवाकोटी विभिन्न शाखाका प्रमुख , नौ ओटै वडाका अध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य विभिन्न सघ सस्था प्रमुख प्रतिनिधि लगायतको उपस्थित रहेको थियोे ।
महिलाहरूलाई सचेतना जगाएर महिला हिंसा निर्मूलीकरण गर्ने उद्देश्यले आयोगले सुनसरीको दुहबी, मोरङको रंगेली र झापाको कनकाई नगरमा अन्तरक्रिया गरेको आयोगकी कानुन अधिकृत आश्रृती पोखरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले यस्ता हिंसाका घटना प्रदेश १ मा धेरै हुने गरेको तथ्यांक भएतापनि कनकाईमा यस्ता घटना शुन्यमा झार्न विभिन्न अन्तरकृया , सम्बाद ,जनचेतनामूलक अभियान लगायतका कार्यक्रम सन्चालन गरिने प्रतिवद्धता जनाउनु भयो । नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले झापाका अन्य पालिकाको तुलनामा कनकाईमा यस्ता घटनामा कमी आएको जानकारी गराउनु भयो । कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख पिताम्वर गौतम , प्रशासकीय अधिकृत विवेक भण्डारी , कर्मचारी विजय पाठक लगायतले आ – आफ्नो भनाई राख्नुभएको थियोे ।कार्यक्रमको सञ्चालन आयोगकी कर्मचारी बिना श्रेष्ठले गर्नुभएको थियो।