ठोस खबर /झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको कन्काई प्रतिभा प्रतिष्ठानको मासिक साहित्य गाेष्ठी सञ्चालन उपसमितिद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन गरिंदै आएको मासिक साहित्यिक गोष्ठीको २९ अौं श्रृङखला सम्पन्न भएको छ ।

कनकाई बहुमुखी क्याम्पसमा फागुनको तेस्रो शनिवार साहित्य विधामा रुचि राख्ने विभिन्न क्षेत्रका अग्रज साहित्यकार , साहित्य स्रष्टा तथा साहित्यानुरागीहरुको उपस्थितिमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

कन्काई प्रतिभा प्रतिष्ठानको मासिक साहित्य गाेष्ठी सञ्चालन उपसमितिका अध्यक्ष निर्मलकुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार तथा साहित्य सर्जकहरु गोविन्द घिमिरे , जिवनाथ सुवेदी ,अनिरुद्र अोली, टीका प्रसाद लामिछाने , प्रयागराज काफ्ले , बिष्णु प्रसाद कोईराला , प्रेम प्रभात , तिलोतामा पौडेल घिमिरे , टीका भट्टराई नेपाल , प्रतीक ढकाल , सिएम शर्मा , महेश खरेल , अास्था साप्कोटा , रविन्द्र सुवेदी , विनिता गौतम , योनदेन सुनुवार , जीवन ढकाल , भिम अधिकारी , नगेन्द्र सुवेदी लगायतले अाअाफ्ना सृजना तथा साहित्यिक बिचार प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा सर्जक हरुले प्रस्तुत गरेका रचनाहरुको समीक्षा साहित्यकार बिष्णुप्रसाद कोईरालाले गर्नु भएको थियोे ।

नेपाली भाषा , साहित्य कला तथा समाजसेवाको क्षेत्रमा योगदान पुुर्‍याउने उदेश्यले स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानले सर्जकहरुको सृजना प्रस्तुत गर्ने थलोको रुपमा मासिक साहित्य गाेष्ठी सञ्चालन उपसमिति बनाई विगत लामो समय देखि हरेक महिनाको तेस्रो शनिबार साहित्य गोष्ठी सञ्चालन गर्दै अाएक‍ो र कोरोना कहरका कारण लामो समय सम्म गोष्ठी गर्न नसकिएको भएपनि कोरोना कहर पछि निरन्तर कार्यक्रम सञ्चालन गरिदै अाएको र अाउदा दिनमा पनि यसलाई निरन्तरता दिइनै रहने प्रतिष्ठानका अध्यक्ष जिवनाथ सुवेदिले बताउनु भएको छ ।

अाफुले सृजना गरेका साहित्य विधालाई प्रस्फुटन गर्ने स्थान नहुदा गुम्सिएरै रहने र नयाँ सृजनामा जोस जागर पनि हराउने भएकोले त्यस्तो नहोस भनेर र नव सर्जक हरुलाई पनि उत्साह मिलोस कमसेकम महिनामा एक पटक भएपनि पुरानो पुस्ता र नया पुस्ता बिच साहित्यिक भलाकुसारी होस भनेरै मासिक साहित्य गोष्ठी गरिदै अाएको हुदा यश गोष्ठीमा सहभागी भई अाफ्नो सृजनामा थप विकास गर्न सम्पुर्ण साहित्यकार , सर्जक तथा साहित्यानुरागीलाई कार्यक्रमका अध्यक्ष तथा मासिक साहित्य गाेष्ठी सञ्चालन उपसमितिका अध्यक्ष निर्मलकुमार खतिवडाले अनुरोध गर्नुभएको छ ।

गोष्ठीमा उपस्थित अग्रज साहित्यकार , साहित्य स्रष्टा तथा साहित्यानुरागीहरुलाई योनदेन सुनुवारले साहित्यमार्फतनै स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन मासिक साहित्य गाेष्ठी सञ्चालन उपसमितिका सचिव दिनेशकुमार तिम्सिनाले गर्नुभएको थियो ।