बिर्तामोड / झापाको मेचीनगरबाट अवैधरुपमा कटान तथा ढुवानी गरिरहेको अवस्थामा झापा प्रहरीले एउटा ट्याक्टरसहित १६० क्यूफिट गोलिया बरामद गरेको छ ।

आज मंगलबार बिहान ७ बजेतिर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा २ स्थित सरस्वती टोलको उत्तरतर्फबाट दक्षिणतर्फ जाँदै गरेको मे. १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा अवैधरुपमा लाँदै गरेको कदम र सिरिस जातको अन्दाजी १६० क्युफिट गोलिया काठ फेला पारेको थियो ।

प्रहरीले सोही ट्याक्टरका स्थानीय चालक २२ वर्षीय सर्बन राईलाई पनि नियन्त्रणमा लिएको थियो । उनीसहित बरामद ट्याक्टर र गोलिया आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।