फक्तालुङका बालबालिकाले गरे सरसफाइका साथै डस्टबिन बितरण

ठोस खबर / झापाको कनकाइ नगरपालिका ७ मा रहेको फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयमा रहेको बिधालय स्तरीय बाल क्लब फक्तालुङ बाल क्लबलेे शुक्रवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
फक्तालुङ बाल क्लबले दुर्गापुर , कालिमुडा , प्रजापती , चम्पापुर , मन्सापुर आदि ठाउँमा सरसफाइ गर्नुका साथै डस्टबिन समेत हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सबै भन्दा ठुलो धन हो भन्ने मुल नाराका साथ सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रममा फक्तालुङ स्काउट ट्रपले र बिधालयमा रहेको अङ्ग्रेजी बाताबरण समुदायले सहयोग गरेको थियोे ।

विभिन्न राजनीतिक ब्यक्तित्व , बुद्धिजिबी , दुर्गापुर प्रहरी बिटका प्रमुख , स्थानीय समाजसेवि , फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयका प्रधानध्यापक , सहायक प्रधानध्यापक, फक्तालुङ बालकल्बका पदाधिकारी , फक्तालुङ स्काउटका सदस्य , विभिन्न टोलका टोल संयोजक आदिको उपस्थितीमा भएको कार्यक्रममा डस्टबिन हस्तान्तरण फक्तालुङ स्काउटका मास्टर सुमित लिम्बूले गर्नु भएको थियो ।

एउटा संस्थाको हितको लागि मात्र नभइ सम्पुर्ण मानिसहरुसँग जोडिएका सार्वजनिक स्थलहरुको सरसफाइमा सबै निकायले ध्यान दिइनुपर्छ भन्ने उदाहरण स्वरुप यो कार्यक्रम ल्याएको बाल क्लबका सदस्य रिजन तिम्सिनाले ठोस खबर लाई बताउनु भयो ।
फक्तालुङ बाल कल्बका उपाध्यक्ष हिमाल मिश्रको अध्यक्षतामा भएको उक्त अौपचारिक सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रमको संचालन क्लबका अध्यक्ष सुबास पौडेलले गर्नु भएको थियो ।
