सुरुङ्गा खानेपानीमा चुडाल र अधीकारी भिड्दै (सबै उमेदवारको नामावली सहीत)

ठोस खबर / अासन्न चैत १८ गते हुने सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागि अाज मंगलबार उमेदवारको मनोनयन दर्ता भएको छ ।
संस्थाको आगामि तिन वर्षे कार्यकालका लागि अध्यक्ष एक , उपाध्यक्ष एक , सचिव एक , कोषाध्यक्ष एक र सदस्य पाँच (दुई महिला सदस्य अनिवार्य) समेत गरी जम्मा नौ सदस्य कार्यसमिति चयनको लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि प्रेम प्रसाद चुडाल (प्रकाश) र भीम प्रसाद अधिकारीले मनोनयन दर्ता गराउनु भएको छ ।

उपाध्यक्ष पदका लागी राजेन्द्र उप्रेती र तिलचन्द्र उप्रेती , सचिव पदका लागि गोविन्द प्रसाद पौड्याल र कृष्ण प्रसाद चुडाल कोषाध्यक्ष पदका लागि खेमराज कार्की र धन बहादुर बोगटीले उमेदवाररी दर्ता गराउनु भएको छ ।
तेस्तै सदस्यहरुमा खुल्ला तर्फ गोपाल खरेल , लक्ष्मी प्रसाद ओडारी , सूर्य गुरुङ्ग ,भरत कुमार श्रेष्ठ , राजकुमार फुयंल , खड्ग प्रसाद प्रसाई र माधव पोखरेलले उमेदवारी दिनुभएको छ भने महिला सदस्य पदकालागि , शोभा खरेल , हरिमाया राई , देविमाया न्यौपाने भण्डारी र गोमा देवि निरौलाले मनोनयन दर्ता गराउनु भएको निर्वाचन समिति संयोजक जनार्दन उप्रेतीले जानकारी गराउनु भएको छ ।