मनोज बस्नेत , ठोस खवर / झापाको कनकाइ नगरपालिका वडा नम्बर-१ का एकल महिलाहरुको नेतृत्व विकाश तथा क्षमता अभिवृदि सबन्धी दुई दिवसिय प्रशिक्षण कार्यक्रमको अायोजना गरिएको छ ।
वडा नम्बर-१ स्थित जागरण एकल महिल समुह द्वारा आयोजना कार्यक्रममा कनकाइ नगरपालिका वडा नम्बर-१ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । आफ्नो परिवार तथा जीवनको अविभावक गुमाउदाको पिडामा रहनु भएका एकल महिलाहरुले आफ्ना समस्याहरु आफै सम्बन्धि ठाउसम्म पुराउन सकुन आफैमा सबल बन्न सकुन भन्ने उदेश्यका साथ स्थापना गरिएको यस समुहले एकल महिलाहरुको हक र हितका लागि काम गर्दै आएको बताइएको छ ।
समुहाका अध्यक्ष शकुन्तला खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अातिथ्य वडा नम्बर-१ क वडा अध्यक्ष सुशील कुमार पोखरेलको रहेको थियो । वडा महिला सदस्य निर्मला पौडेल, कनकाइ विहानी क्लबका अध्यक्ष मनोज बस्नेत, विहानी महिला समुहकी अध्यक्ष रिता उप्रेती लगायतले शुभकामना दिनु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक निर्मला बस्नेतले गर्नु भयोको थियो । समुहकी उपाध्यक्ष भिमा नेपालिले स्वागत गर्नु भएको औपचारिक कार्यक्रमको सन्चालन समुहकी सचिव गिता सिवाकोटिले गर्नु भएको थियो । कनकाइ वडा नम्बर-१ स्थित कालिका सामुदायीक भवनमा सन्चालित दुई दिवसिय प्रशिक्षण कार्यक्रममा ७२ जनाको सहभागीता रहेको छ भने कार्यक्रम अाज १२ गते सम्म सन्चालन हुनेछ ।