शरणामती ,१४ चैत / झापाको झापा गाउँपालिका-३ स्थित गैरीगाउँमा चैत्र ८ गते देखी सुरु भएको श्रीमद देवि भागवत धन धाञ्यान्चल नवाह समावेसी ज्ञान महायज्ञमा भक्तजनहरुको घुइँचो लागेको छ ।

यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुँदैछ । पुराणमा सुप्रसिद्ध कथा वाचक आचार्य पण्डित छविरमण निरौलाको प्रमुख वाचन र पण्डित भुवनाथ पौडेलको उपवाचकत्व रहेको छ ।गाउँपालिका प्रमुख जयनारायण साहले उदघाटन गर्नु भएको पुराणमा दैनीक एक हजार भन्दा बढीले भाग लिने गरेको मूल आयोजक समितिका सदस्य किरण विश्वकर्माले जानकारी दिनुभयो ।

हिजो सोमबार साँझ झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बु उपस्थित भएको पुराणमा करिव ७ सय भन्दा बढी भक्तजनहरुको सहभागीता रहेको विश्वकर्माले बताउनुभयो ।

पुराणको विशुद्ध उद्देश्य धार्मिक तथा सामाजिक कार्यहरु गर्नका लागि एउटा सामुदायिक भवन निर्माणको उद्धेश्यले यस क्षेत्रमा पहिलो पटक समावेशी महायज्ञ लगाइएको वताउदै यस महान कार्यमा सवैले सहभागीता जनाउन विश्वकर्माले अनुरोध समेत गर्नुभएको छ ।