ठोस खबर / झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा स्थानिय संघ संस्थाको अधिवेशन अायो कि राजनितिक दलहरुले अाफ्ना पार्टीका मान्छे कार्यसमितिमा चयनकालागी गृहकार्य शुरु गरिहाल्छन । सहमतिनै गरेर जानू पर्दा पनि कुन संस्था कुन दलको नेतृत्व दिने भनेर लामो छलफल समेत हुने गरेको पाईएको छ ।

लोकतान्त्रिक अभ्यासमा छलफल र स्वच्छ प्रतिस्पर्धा हुनु स्वभाविकै हो । स्वच्छ प्रतिस्पर्धाकै नाममा सुरुङ्गा खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाको अागामी तीन वर्षे कार्य समित चयनका लागि यही चैत १८ गते हुने निर्वाचनमा सक्रिय सबै दल र स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखीएको छ ।

यसरी सुरुङ्गाका स्थानिय संघ संस्थामा पटक पटक राष्ट्रिय निर्वाचनको जस्तो गरि प्यानलनै खडागरी प्रतिस्पर्धा गर्नु अस्वभाविक भन्दै यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न टिक्का टिप्पणी समेत गर्न थालेका छन ।

कनकाई नगरपालिका ३ मा रहेको सुरुङ्गा खानेपानीमा ४ हजार ५ सयको हाराहारीमा उपभोक्ता सङ्ख्या रहेको छ भने यसपटकको निर्वाचनमा ४ हजार १ सय २८ जनाले मतदान गर्न पाउने छन । यस संस्थाको नेतृत्व चयनको निर्वाचनमा सक्रिय सबै दल र स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने भएको हो । कांग्रेस , एमाले , माओवादी , राप्रपा र जसपा समेतको समर्थनमा अध्यक्षमा नेपाली कांग्रेसका प्रेमप्रसाद चुडाल (प्रकाश) लाई स्वतन्त्र पार्टीको समर्थनमा उमेदवारी दिएका भिमप्रसाद अधिकारीको प्रत्यासीको रुपमा अघि सारेका छन ।

हाल स्वतन्त्रको समर्थनमा उमेदवारी दिएका सुरुङ्गा खानेपानीमा अघिल्लो कार्यकाल विताइ सकेका निवर्तमान अध्यक्ष भिमप्रसाद अधिकारीले साविक सुरुङ्गा गाविसमा पुर्व अध्यक्षको भुमिका समेत निर्वाह गरिसकेका छन ।

तेस्तै ५ दलिय समर्थनमा उमेदवारी दिएका प्रेमप्रसाद चुडाल (प्रकाश) ले कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा सन्चालक समितको अध्यक्षकको भुमिका निर्वाह गरिसकेका छन भने अन्य स्थानिय संघ संस्थाहरसमा समेत सक्रिय छन ।

पाँच दलका तर्फबाट उपाध्यक्षमा एमालेका वार्डनम्बर ३ का वडाअध्यक्ष समेत रहेका राजेन्द्र उप्रेतीलाई अगाडि सार्दा स्वतन्त्रबाट तिलचन्द्र उप्रेतीलाई अगाडि सारेको छ । यसैगरि सचिवमा दलका तर्फबाट एमालेका गोविन्दप्रसाद पौडयाल र स्वतन्त्रबाट कृष्णप्रसाद चुडाललाई अघि सारेको छ । यसैगरि कोषाध्यक्षमा दलका तर्फबाट राप्रपाका खेमराज कार्की र स्वतन्त्रका तर्फबाट धनबहादुर बोगटीलाई अगाडि सारेको छ । यसैगरि ३ जना खुल्ला सदस्य पदका लागि गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी, भरतकुमार श्रेष्ठ, राजकुमार फुयाल, खगप्रसाद प्रसाई र माधव पोखरेलले उम्मेद्धारी दिएका छन । यसैगरि २ जना महिला सदस्यका लागि सोभा खरेल, हरिमाया राई, देविमाया न्यौपाने भण्डारी , गोमादेवि निरौलाले उम्मेद्धारी दिएका छन ।