ठोस खबर / झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को गमस्त चोकमा गमस्त स्पोर्ट्स हव सञ्चालनमा अाएको छ ।
स्थानिय लोक बहादुर कार्की र कमल आचार्यले एक करोड भन्दा ज्यादा लगानीमा उक्त खेलकुद हव सञ्चालनमा ल्याएको उद्धमी कार्कीले बताएकाछन ।

गमस्त चोकमा २.५ विगाह जग्गामा खेलकुद सम्बन्धी( फुटसल, स्विमिंग पुल, कबड् हल) लगायत खेलकुद हवको सुरूवात भएको हो। युवा खेलाडीको उत्पादन तथा शारीरिक र मानसिक स्वास्थ्यमा योगदान पुर्याउन साथै फुटबल खेलाडी उत्पादनका लागी स्पोर्ट्स हव को सुरूवात गरिएको व्यवस्थापक अजय कार्कीले बताएकाछन ।

उक्त स्पोर्ट्स हबमा आज बिहीबार बाट औपचारिक रूपमा फुटसल शुरू भएको छ । आर्दश स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड र मैदान फूटबल एकेडेमी बिच मैत्रीपूर्ण खेलबाट अौपचारिक रुपमा शुरु भएको फुटसल म्याचमा खेलमा मैदान फूटबल एकेडेमी विजयी भयो । फुटसलमा समय तालिका अनुसारको खेलरेट रहेको छ । जसमा न्युनतम १ हजार देखी १५ सय शुल्क लाग्ने व्यवस्थापक कार्कीले बताएका छन ।

खेलमा मैदान फूटबल एकेडेमी संग मैत्रीपुर्ण खेल खेलेको आदर्श स्कुल अफ म्यानेजमेन्टका डाइरेक्टर सन्जोग खरेलले यस खेलबाट युवामा खेलप्रति सकारात्मकता वृद्धि हुने बताएका छन । तेस्तै फुटबल प्रशिक्षक दिपेश खतिवडाले यस क्षेत्र मै नयाँ आयाम शुरु भएको बताएका छन ।
फुट्सल लाई प्रविधि मैत्री बनाउन अनलाइन बुकिङ र अनलाइनमै रकम भुक्तानी गर्न सकिने प्रविधि मिलाईएको व्यवस्थापक अजय कार्कीले बताए । आगामी दिनमा स्पोर्ट्स हबमा ब्यबस्थित क्याफे संचालन गर्ने पनि ब्यबस्थापक कार्कीले बताएका छन ।