ठोस खबर / झापाको कनकाई नगरपालिका २ को १० वटा टोल विकास संस्थाको आयोजनामा जनप्रतिनिधि संग साक्षात्कार , चियापान र नयाँ वर्षको शुभ कामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वकै चर्चित पर्यटकिय स्थल जामुनखाडीको पिकनिक स्पटमा शनिवार कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रम नागरिकहरुको सुझाव र प्रतिकृया जनप्रतिनिधिलाई सुनाउन , हाल सम्मको नगरका विकास , शुसासन र आर्थिक सम्बृद्धिका वारेमा नागरिकहरुको चासोको विषय आदन प्रदान गर्न र आगामि दिनहरुमा वडा र नगरका विकासका लागि आवश्यक रचनात्मक सुझाव मेयर लगायत जनप्रतिनिधिलाई सुनाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा जामुनबारी टोल विकास संस्थाका अध्यक्ष मन नेम्बाले बताउनु भयो ।

कार्यक्रममा दश वटैं टोलका संयोजकहरुले आफ्ना टोलका आवश्यक विकासका विषयमा मत राखेका थिए ।
सरोकार वलाका तर्फबाट प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल , वडाध्यक्ष बलराम राई , कार्यपालिका सदस्य एवं वडा सदस्य नरादेवि मगर , सरस्वती मा.विका व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद खनाल , जामुनखाडी साकोसका अध्यक्ष निर्मल खनाल , राजनैंतिक दल तर्फबाट नेकपा एमालेका वडा कमिटि अध्यक्ष विण्णु गिरी लगायतले हिजो आज र भोलिका विकास निमार्णका योजना बजेट र कार्यन्यनका बारेमा सहभागि नागरिकहरुलाई जानकारी गराउदै अबका दिनहरुमा २ नम्बर वडा विकासको हब बन्दैं जाने विषयमा विश्वस्त पार्नु भयो ।

त्यसैगरी जनप्रतिनिधिहरुले अबका दिनमा सन्काह खोलमा पुल , जामुनबारी उत्तरको बाटोमा कालोपत्रे सडक , वडा कार्यलय जोड्ने बाटालाई कालोपत्रे गरिने , जामुनखाडी लगायतका पर्यटन क्षेत्रमा ठूलो लगानीका योजनाहरु ल्याउने , बहू प्रतिक्षित जामुनबारी प्रजापति खानेपानीको वितरण २०८० भित्रनैं गरिने साथैं टोलविकास संस्थाहरुले छलफलका लागि समय माग गरे जुनसुकै समयमा पनि उपलव्ध गराउने वाचा सहित अबको नयाँ वर्षमा नागरीकहरुको जीवनमा पक्कै पनि नयाँ उमंग छाउने विश्वास लिनुभयो ।

यस्तो प्रकृतिको कार्यक्रम नगरमैं पहिलो भएकाले सबैं टोलले यसको अनुसरण गर्न अनुरोध गर्दै , अस्थीर सरकार , बजेटको अभाव, बजेट कटौतिका कारण भने जस्तो विकास गर्न नसकिएको नगर प्रमुख पोखरेलले वताउनु भयो ।

हिजोका दिनहरुमा विभिन्न कारणले टोलविकास संस्थाहरु उदासिन भए पनि अबका दिनमा टोलविकास सस्थालाई अधिकार सम्पन्न र बलियो बनाएर जाने र सबैं मिलेर कनकाई २ नम्बर वडालाई नगरकैं नमूना वडा बनाउन लागि पर्ने वडाध्यक्ष बलराम राईले बताउनु भयो ।

कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष बलराम राई कार्यपालिका सदस्य नरादेवी मगर , सदस्यहरु शुलभ भण्डारी , नरहरि थपलिया , जामुनखाडीका अध्यक्ष ख्यामराज सिटौंला , सुकेडी सामुदायिक वनका अध्यक्ष शान्ता उपाध्याय , सस्स्वती मा.वि.का व्यवस्थापन समिति अध्यक्ष तारा प्रसाद खनाल , जामुनखाडी शाकोसका अध्यक्ष निर्मल खनाल , राजनिति दलका प्रतिनिधिहरु , सुरुङ्गा जेसिज अध्यक्ष , रोटरी क्लवका अध्यक्ष , वडा नम्बर २ का १० वटै टोलका अध्यक्ष, पदाधिकारी साथैं वडा बासी नागरिकहरुको उपस्थीति रहेको थियो ।

कनकाई २ को सबै टोल मध्येबाट जेष्ठ टोल संयोजक टोल नं ७ का भानुभक्त खवासको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत मुना अधिकारीले गर्नुभएको थियो भने शिव गिरीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।