ठोस खबर / झापाको कनकाई नगरपालिका स्थित कन्काई नगर सितोरियो कराँते समितिले शुक्रबार नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान गरेको छ।

नयाँ वर्षको अवसरमा गरिएको उक्त कार्यक्रममा वेनुबाजा डोजो , ग्लोबल एडुकेयर डोजो , दिव्यरत्न डोजो , घैला डुब्बा डोजो , कनकाई डोजो , ईलुवाबारी डोजो लगायतको व्यानर सहित “स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेल ” , “खेलाडीहरु राष्ट्रका गौरव हुन् खेलाडीको सम्मान गरौ” , “आत्मरक्षाका विश्वप्रसिद्ध कराते कला, पुरुषलाई भन्दा महिलालाई बढी उपयोगी बन्न सक्ला ” जस्ता प्लेकार्ड सहितको खेलाडीहरुको र्यालिले सुरुङ्गा बजार परिक्रमा गरेको थियोे । बजार परिक्रमा संगै र्यालि कनकाई माबिको खेलमैदानमा पुगी कार्यक्रम औपचारिक रुपमा सञ्चालन भएको थियो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सितोरियो कराँते जिल्ला महासङ्घका निवर्तमान प्रशिक्षक मदनकुमार उप्रेतीले नव बर्ष २०८० को शुभकामना दिदै खेलाडीहरुलाई हौसला र उत्साहित बनाउन अाफैले पुवुडोको साई काता र सेपाई काता प्रस्तुत गर्नुभएको थियो । त्यसै गरि प्रमुख अतिथि उप्रेतीले खेलका टेक्निकल्ली कुराहरु पनि प्रतक्ष अभ्यास बाटै प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै वेनु बाजा डोजो , दिव्य रत्न डोजो र ग्लोबल एडुकेयर डोजोेका खेलाडीले पनि काता प्रस्तुत गरेको कार्यक्रममा वेनु वाजा डोजोका खेलाडी रोहन ढकालले नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गत साउनमा चारअालिमा भएको ब्ल्याक बेल्ट ग्रेडिङ्गमा ब्ल्याक बेल्ट प्राप्त गर्न सफल कनकाईका खेलाडीलाई प्रमुख अतिथि , बिशिस्ट अतिथि , अथितीहरुले ब्ल्याक बेल्ट सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख अतिथि मदन कुमार उप्रेती विशिष्ट अतिथिहरु कनकाई वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर राई , वडा नम्बर ३ का वडा सदस्य गोविन्द सुवेदी , कनकाई नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष रविन्द्र लम्साल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा कार्यक्रमका अध्यक्ष राम पाठकले अाफ्ना भनाई राख्दै अाउदो बर्षबाट कनकाईमा नयाँ बर्षका दिन शुभकामना कार्यक्रम संगै खेल समेत खेलाउने योजना रहेको बताउनु भयो ।

कन्काई नगर सितोरियो कराते समितिका अध्यक्ष राम पाठकको अध्यक्षता तथा सितोरियो कराँते जिल्ला महासङ्घका निवर्तमान प्रशिक्षक मदनकुमार उप्रेतीको प्रमुख आथित्यमा भएको कार्यक्रममा बिशिष्ट अथिति सितोरियो कराते महासङ्घका प्रदेश उपाध्यक्ष सौरभ प्रधान , कनकाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर राई , वडा नम्बर ३ का वडा सदस्य गोविन्द सुवेदी , साफ ग्याम गोल्ड मेडलिस्ट मिना पाठक उप्रेती , कनकाई नगरपालिका नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष रविन्द्र लम्साल , अन्तर्राष्ट्रिय खेलाडी मनिष उप्रेती , कराते प्रशिक्षकहरु आशिष राई ,गुरुवाचन राजवंशी राजेन्द्र लिम्बू , प्रेम वाग्ले विन्दुराज दाहाल , गणेश संग्रौला तगायतको उपस्थितिमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत साथै कार्यक्रमको सञ्चालन जिल्ला सितोरियो कराँते महासङ्घका अध्यक्ष जगन दुर्वासा कार्कीले गर्नु भएको थियो ।