मुख्यमन्त्री थापा भन्नुहुन्छ “संकटपुर्ण अवस्थामा सबै दल मिल्नुको विकल्प छैन”

ठोस खबर , कनकाई / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशको सरकार अत्यन्तै संकटपुर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि यस प्रदेशका सबै दलहरु मिल्नुको विकल्प नरहेको बताउँनुभएको छ ।
शनिबार झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पसमा आयोजित कनकाई क्याम्पसको १४ औ क्याम्पससभालाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेश सरकार अंकगणितीय हिसाबले समेत संकटपुर्ण अवस्थामा रहेको भन्दै सरकारको स्थायित्वका लागि संङघर्ष गरिरहेको भन्दै प्रदेश सरकार राजनैतिक समस्या र आर्थिक तलरताका बिचमा रहेको र कोशी प्रदेश सरकार अन्य प्रदेश सरकार भन्दा पछाडि परिसकेकोले प्रदेशसमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई समस्या समाधानका लागि गम्भिर भएर लाग्न आग्रह गर्नुभएको छ ।

देशको राजनैतिक संकटलाई बुझेर कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलहरु एकआपसमा सहकार्य र एकता विना समस्याको निकास ननिस्कने भन्दै सहकार्यका लागि सबै समक्ष मुख्य मन्त्रीले आग्रह गर्नुभएको छ । पुर्व मुख्यमन्त्रीले समेत समस्या समाधानका लागि सर्वदलिय सरकारको आव्हान गर्नुभएको थियो भन्दै यस सरकारले समेत सर्वदलिय र सहमतिय सरकारका लागि आव्हान गरिएको पनि मुख्य मन्त्री थापाले बताउँनुभयो । यसका लागि प्रदेशमा रहेका सबै दलका नेता र सांसदहरुले गम्भिर भएर लागिदिन मुख्यमन्त्री थापाले आग्रह गर्नुभएको छ ।
कोशी प्रदेशमा अध्यादेशबाट बजेट आएर सदन अनिश्चित कालका लागि बन्द भएको भन्दै वर्तमान सरकार यो गतिरोध हटाउनका लागि लागिपरेको बताउँनुभएको छ । यसका लागि सहमतिकै आधारमा सांसदको गतिरोध हटाउन र बजेटलाई अगाडि बढाउन समेत सरकार लागिपरिरहेको बताउँनुभएको छ । कोशी प्रदेशमा हाल कसैको पनि बहुमत नपुग्ने र अहिलेको गठबन्धन सरकारको पक्षमा बहुमत पुगेपनि यस झिनो बहुमतले सरकारको स्थायित्व र विकासका लागि यो पर्याप्त भने नहुने भन्दै थापाले सहमतिय सरकारको आवश्वकता रहको बताउँनुभएको छ ।

कार्यक्रममा कनकाई बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै , अब बन्ने नयाँ संचालक समिति निर्माणका लागि जिम्मेवार सबैबाट सकरात्मक भुमिका रहने र योग्य कार्यसमिति बन्नेमा अाशाबादी रहेको बताउनु भयो । तेस्तै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अागामि दिनमा क्याम्पसको समग्र विकासका निम्ति स्थानिय , प्रदेश र संघिय तिनै तहको सरकार बाट सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको अध्यक्ष चुडालले वताउनु भयो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख विकास उप्रेतीले क्याम्पसको समग्र शैक्षिक अवस्थाका वारेमा प्रकाश पार्दै प्रशासनिक तथा अार्थिक बर्ष २०८०/२०८१ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य लखी देवी गणेश, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खडगप्रसाद प्रसाई, प्राध्यापक संघ कनकाईका अध्यक्ष तुलसी कार्की, चन्दादाता शेरबहादुर थापा, कनकाई बहुमुखी क्याम्पसका कर्मचारी संगठन अध्यक्ष हरि ढकाल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत संचालक समितिका सदस्य खगेश्वर उप्रेतीले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन कनकाई बहुमुखी क्याम्पसका सहायक प्रमुख शेरबहादुर बानियाले गर्नुभएको थियो ।
