विहानी महिला समुहको अध्यक्षमा मन्जु , सचिवमा सुरेखा सहित सिङ्गो टिमनै सर्वसम्मत

ठोस खबर , चन्द्र बस्नेत / झापाको कनकाई नगरपालिका वडान १ र ७ मा रहेको कनकाई विहानी क्लबद्वारा सन्चालित विहानी महिला समुहको अध्यक्षमा इन्दिरा भुजेल( मन्जु) तथा सचीवमा सुरेखा शर्मा घिमिरे सर्वसम्मत चयन हुनुभएको छ।
आज शनिबार कनकाइ विहानी क्लबको सभा हलमा सम्पन्न दोश्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट भुजेलको नेतृत्वमा ११ सदस्यीय सन्चालक समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा गायत्रा विमली उप्रेती, सचिवमा सुरखा घिमिरे, सह-सचीवमा उषा भुजेल (मनु) र कोषाध्यक्षमा तुलशा थापा चयन हुनुभएको छ भने सदस्यहरुमा क्रमशः बन्दना खड्का, कृष्णमाया ढकाल, लक्ष्मी भुजेल, सुश्मा भट्टराई ( बस्नेत) पुजन बस्तोला र छनी हस्दा सर्वसम्मत रुपमा चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा कनकाई विहानी कल्वका अध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै निवर्तमान अध्यक्ष रिता उप्रेतीको सम्योजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती समेत चयन पनि गरिएको छ । सल्लाहकार समिती सदस्यहरुमा क्रमशः निर्मला बस्नेत, पबित्रा बस्नेत, गिता कार्की बस्नेत, जानुका सिटौला, पिङला पौडेल र सुशिला बस्नेत चयन हुनुभएको भएको निर्वाचन समितिका सदस्य चुडामणि ढकालले जानकारी दिनुभयो ।
त्यस्तै दुर्गादेवी ओलिको सम्योजकत्वमा ३ सदस्यीय लेखा समिती समेत चयन गरिएको छ । सदस्यहरुमा दुर्गादेवी तिम्सिना र रेणुका भुजेल रहनु भएको छ । २०७३ साल वैशाखबाट सन्चालनमा आएको उक्त समुहले यसअघिको सम्पुर्ण शेयर सदस्यहरुको शेयर, बचत र ब्याज बापतको मुनाफा सहित वितरण गरि सकेको जनाईएको छ । समिती पुन: निर्माण सङै ५५ जनाको शेयर सदस्यहरु रहेको समुहमा सन्कलित रकम सोही शेयर सदस्यहरुलाइ ऋण स्वरुप लगानी गरेको नव निर्वाचित अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।

कनकाई विहानी क्लबका अध्यक्ष तथा निर्वाचन समिती सम्योजक बस्नेतले महिला समुहको उदेश्य, लक्ष र योजनाका साथै समुहगत रुपमा रहदाको सदस्यहरुलाइ हुने फाइदा तथा उपलब्धिका बारेमा स्पष्ट पार्नुभएको थियोे ।
कार्यक्रममा भृकुटी बचत तथा रिण समुहका अध्यक्ष लोकनाथ उप्रेती,श्री शिदेस्वर शिवपन्चायन मन्दिरका सचिव चुडामणी ढकाललगायतले बोल्नुभएको थियो।
शेयर सदस्य दुर्गादेबी ओलिले स्वागत गरेको कार्यक्रमको सन्चालन समुह शेयर सदस्य तथा सहजीकरण महिला समुहकि सचिव निर्मला बस्नेतले गर्नु भएको थियोे ।
कार्यक्रममा पहिलो सत्रमा रिता उप्रेती र बन्द सत्र पछि दोश्रो सत्रमा नव निर्वाचित इन्दिरा भुजेल ( मन्जु)को अध्यक्षता सप्पन्न भएको थियोे ।
