ठ‍ोस खबर/ झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बाट दक्षिण झापागाँउपालिका हुदै भारतिय सिमानाका ज‍ोड्ने अमर पथ (झापारोड) सडक खण्डमा बनाईएको गार्डन् क्यरिमा वातावरण स्वच्छ राख्ने र सौन्दर्य भर्ने उदेश्यले फुलका बिरुवाहरु रोप्न सुरु गरिएको छ ।

अमरपथ सडक खण्डको सुरुङ्का चोक देखि दक्षिण चारअाली चोक सम्म २.७ किलोमिटर चारलाईन सडकको बिचमा वनाईएको क्यारीमा शुक्रबार कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख अाशा शर्मा शिवाकोटी , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , झापारोड अमरपथ गार्डन् क्यारि संरक्षण मुल समितिका अध्यक्ष मदन उप्रेती लगायतले चारअाली चोक स्थित १ नं. क्यारिमा धुपि , टगर साथै एरिका जातका बिरुवा रोपेर अभियानको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हाम्रो कनकाई नगरपालिका बन्द निषेधित क्षेत्रको रुपमा जसरी परिचित छ त्यसै गरी “सडकमा बगैँचा होस त कनकाईको जस्तो होस” भन्ने सन्देस दिनेगरी बगैँचा वनाउनमा समिति सफल बनोस भन्ने शुभकामना दिदै यसको लागि नगरपालिकाले अाफ्नो ठाउँबाट गर्ने सहयोग सदैव गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यसै गरि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर उपप्रमुख अाशा शर्मा शिवाकोटीले बगैँचा बनाउनु स्वास्थ्यको निमित्त टेवा पुग्ने कार्यक्रम भएकोले यश किसिमको कार्यक्रमको सिको अरुले पनि गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो ” बिरुवा रोप्न जति सजिलो छ जोगाउन त्यो भन्दा भेरै गाह्राे छ , त्यसैले यश कार्यमा सबैले अाफ्नो दायित्व सम्झेर काम गरे अबस्य पनि यो बगैँचा नमुना बन्नेछ ।”

रोपिएका बिरुवाहरु नसरेमा , मरेमा त्यस ठाउमा नयाँ बिरुवा निशुल्क प्रदान गर्ने र अावाश्यक परामर्श समेत दिईने बिरुवा बिक्रेता डिल्लीराम उप्रेतीले वताउनु भयो । रोपिसकेका विरुवालाई अावाश्क पानिको ब्यवस्था वडा नं. ३ ले गर्ने वडा अध्यक्ष युवराज चौलागाईंले वताउनु भयो ।

उक्त क्यारिमा कनकाई नगरपालिकाको अार्थिक सहयोगमा बृक्षारोपण साथै समंरक्षण समेत गर्नेगरी स्थानीयबाट झापारोड अमरपथ गार्डन् क्यारि संरक्षण मुल समिति एक सहित प्रत्येक १७ क्यारिवाट एकएक उपसमिति वनाएर अभियान अगाडि वढाईएको मुल समितिका अध्यक्ष मदन उप्रेतीले बताउनुभयो । वृक्षारोपण उद्घाटन कार्यक्रमको संचालन मुल समितिका सचिव अोम पाठकले गर्नुभएको थियोे ।