ढकाल बन्धुको एक महिने श्रावणी जलार्पण , रुद्राभिसेक तथा पुरुषोत्तम पुजा समापन

ठोस खबर / ढकालबन्धु हित तथा बंशावली एकिकृ समाज द्वरा अायोजित एक महिने श्रावणी जलार्पण , रुद्राभिसेक तथा पुरुषोत्तम पुजा साउनको अन्तिम सोमवारबाट समापन भएको छ ।
ढकाल बन्धु द्वारा केन्द्रिय कार्यालय भबन कनकाइ धाम काेटिहाेम परिसरमा साउनको पहिलो दिनबाट बिभिद कार्यक्रम सहित सुरु गरिएको एक महिने श्रावणी जलार्पण , रुद्राभिषेक तथा पुरुषोत्तम पुजाको समापन साउनको अन्तिम सोमबार बिशेश कार्यक्रम गर्दै सम्पन्न गरिएको हो ।

ढकाल बन्धु समाजका जिल्ला उपाध्यक्ष तथा एक महिने श्रावणी जलार्पण , रुद्राभिसेक तथा पुरुषोत्तम पुजा कार्यक्रमका संयोजक भरतकुमार ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेस सभा सदस्य माननिय तारा देवि ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै बन्धु हरुको एकता अझ बलियो हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि ढकालले अक्षय कोषको लागि आफुले बर्सै पिछे रकम थप्दैजाने प्रतिवद्धता समेत जनाउनु भयो ।
कार्यक्रम संयोजक भरत कुमार ढकालले यस एकमहिने श्रावणी जलार्पण , रुद्राभिसेक तथा पुरुषोत्तम पुजा कार्यक्रमको सुरुवाती चरणमा साउन १ गते बाट साउन ५ गते सम्म पतांजल योग समिति संग सहकार्य गरेर योग शिविर समेत संचालन गरिएको बताउनु भयो ।
कार्यक्रममा कार्यक्रमका बिशेश अतिथि तथा समाजका केन्द्रिय लेखा संयोजक चुडामणि ढकाल , उपाध्यक्ष कृष्ण ढकाल , पारसमणि ढकाल , अम्बिका ढकाल , जिल्ला अध्यक्ष रामप्रसाद ढकाल लगायतले सम्बोधन गर्नु भयको थियो ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कृष्ण ढकाल केन्द्रिय सदस्यहरु पारसमणि ढकाल , रेवत ढकाल , तिलोचन ढकाल , लोकराम ढकाल , अम्बिका ढकाल , डिल्लीराम राम ढकाल लगायत समाजका जिल्ला अध्यक्ष, राम प्रसाद ढकाल , सचिब माेहन ढकाल , जिल्ला सदस्यहरु , कमल गाउपालपकाका अध्यक्ष कृष्ण ढकाल , नगर सदस्यहरु लगायत ढकाल बन्धुहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहजिकरण जिल्ला समिती सचिब मोहन ढकालले गर्नु भएको थियो ।
